२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिना धितो कर्जाको व्यवस्था मिलाउन माग

२०७७, १९ असार शुक्रबार ०४:५७

असार १९, काठमाडौँ । राष्ट्रिय व्यापार संघले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गर्नुभएको हो । 

“मौद्रिक नीति व्यवसायीमैत्री हुनुपर्छ, कोरोनाले थला परेको व्यवसायलाई सम्बोधन गर्ने खालको नीति आउनुपर्छ”, महासचिव दाहालले भन्नुभयो । कोरोनाले थलिएका व्यापारीलाई मौद्रिक नीतिले उठाउने अपेक्षासमेत व्यवसायीले लिएका छन् । सङ्घले बन्दाबन्दीको समयको बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न तथा किस्ताको समय थप गर्नुपर्ने  बताएको छ । 

व्यवसायीलाई सरकारले पुर्नकर्जाको व्यवस्था मिलाउनको साथै सरल र बिना झण्झट कर्जाको व्यवस्था गर्न सङ्घले आग्रहसमेत गरेको छ । विसं २०६१ मा स्थापना भएको सङ्घले व्यवसायीको हकहितका लागि काम गर्दै आएको छ । उक्त सङ्घमा एक हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने