२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप

१९ असार २०७७, शुक्रबार ०५:२७

विमलबहादुर विष्ट । असार १९, डोटी। पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो । अन्य वर्षजस्तै डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंकलगायत निजी क्षेत्रका बैंकका शाखा कार्यालयमा सेवाग्राही चाप देखिएको छ । सेवाग्राहीको चाप बढेपछि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै यहाँका बैंक कर्मचारीले सावधानी अपनाएर रकम भुक्तानी गर्न थालेका छन् ।

असारको शुरुआतदेखि नै बैंकमा उपभोक्ताको निकै चाप बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य स्थानीय तहमा बैंक छैनन्, उपभोक्तका काम सरकारी बैंकमार्फत हुने भएकाले अहिले उपभोक्त समितिका पदाधिकारीका कारण लामो लाइन लाग्न थालेको हो ।” स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेहरु पनि यही समयमा राष्ट्रिय वाणिज्य बैंकमै आउने गरेका छन् । बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने र कतिपयको त पालोसमेत नआउने गरेको जिल्लाको केआइसिंह गाउँपालिकाबाट योजना सम्पन्न भएको रकम लिन आउनुभएका सेवाग्राही शङ्करबहादुर ऐरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “योजनाको रकम असार महिनाभित्रै लिइसक्नु भन्ने गाउँपालिकाले पत्र काटेको छ, यहाँ बैंकमा पालो नै आउँदैन के गर्ने गर्ने अल्मलमै छौँ ।” जिल्लामा रहेका नौ वटा स्थानीय तहमा दिपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ वटा स्थानीय तहमा अहिलेसम्म पनि सरकारी बैंक स्थापना हुन सकेको छैन । कतिपय पालिकामा निजी क्षेत्रका बैंक स्थापना भएका भए पनि उनीहरुले गाउँमा आर्थिक कारोवार नगर्ने गरेको र उनीहरुको आर्थिक कारोवार पनि वाणिज्य बैंकबाट नै भइरहेकाले सदरमुकाममा उपभोक्ता बढी भीड लाग्ने गरेको सायल गाउँपालिका–१ का स्थानीयबासी करनबहादुर सिहंले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका केही स्थानीय तहमा निजी क्षेत्रका बैंक स्थापना भएपनि उनीहरुको आर्थिक कारोवार दिपायलमा रहेका सरकारी बैंकबाट हुने भएकाले गाउँमा खाता खोले पनि ठूलो रमकको चेक साट्न दिपायल आउनुपर्ने बाध्यता छ ।”

यहाँको जिल्ला सदरमुकाममा अन्य बेलाको समयमा सुनसान हुने गरे भए पनि असार शुरु भएदेखि निकै चाप रहेको दिपायल पिपल्लाका स्थानीय व्यापारी मोहन पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “राजधानी कैलाली सारिएसँगै जिल्ला र पुरानो क्षेत्रीय सदरमुकाम दिपायल प्रायः सुनसान थिए, अहिले असार लागेपछि उपभोक्ता समितिका मान्छे आएपछि चहलपहल र भीडभाड एकाएक बढेको छ ।” जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमै आएर उपभोक्ताको भीडभाड बढेको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण लकडाउन हुँदा जेठमै सम्पन्न भएका योजनाको भुक्तानीका लागि चेक दिन सकेनौँ, अहिले अवस्था केही सहज भएकाले भुक्तानीका लागि पत्र दिन थालिएपछि भीड बढ्न थालेको हो ।” निजी क्षेत्रका केही बैंकले पालिकामा आफ्ना शाखा स्थापना गरे पनि अहिलेसम्म गाउँमा सुरक्षाको कारण देखाउँदै आर्थिक कारोवार गर्न नसकेको स्थानीयवासी बताउँछन् । 

गत वर्षको साउन महिनामै स्थानीय तहमा सरकारी बैंक स्थापना हुने भनिए पनि सुरक्षा, सडक सुविधा विद्युत्लगायत कारणले बैंक स्थापना गर्न नसकिएकोे राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर विष्टले जानकारी दिनुभयो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा पेन्सनधारी कर्मचारी, पालिकाका कर्मचारी, तथा स्थानीय नागरिक बैंकिङ कारोवार तथा तलबभत्ताका लागि जिल्ला र क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका बैंकमा धाउन बाध्य भएका छन् । दिपायलमा चहलपहल बढेसँगै यहाँको व्यापार व्यवसाय पनि बढेको अमरपुष्तक भण्डार पिपल्लाका व्यापारी सर्वजित देउवाले जानकारी दिनुभयो । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला