२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोशीखोलामा पक्की पुल बनेपछि खुशी

२०७७, २१ असार आईतवार ०५:३९

असार २१, बनेपा । बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी हुनुहुन्छ । घरमुनि नै बगिरहेको रोशीखोला बर्खा लागेसँगै गाडी आवतजावतमा समस्या भएपछि त्यहाँबाट पारि जान झोलुङ्गे पुल तरेर बोकेर लानुपर्ने बाध्यता थियो । अहिले रोशीखोलामा मोटरेबल पुल बनेसँगै घरआँगनबाटै तरकारी बेच्न पाएकामा धेरै खुशी लागेको उहाँले बताउनुभयो । 

उहाँ मात्रै होइन, थान्सिङबेँसीका धेरैजसो किसानले लगाएको तरकारी बेचेर आम्दानी गर्न थालेका छन् । केही समय अगाडिसम्म पुल बन्ने अवस्था देखिएको थिएन । “बन्दाबन्दीकै बीचमा पनि काम गर्न थालेपछि अहिले बल्ल पुल निर्माणकार्य सम्पन्न भएको छ, त्यसमा हामी धेरै खुशी छौँ”, न्यौपानेले भन्नुभयो, “घर अगाडिकै पुल बनेको हेर्दाहेर्दै दशक बितिसकेको थियो, अहिले आएर बल्ल सम्पन्न भएको छ ।” सम्पन्न भएसँगै रोशीपारिका आम बासिन्दालाई सहज बनेको उहाँले बताउनुभयो । 

यसअघि पुल नबन्दा खोलामा गाडी फसेर अड्केपछि निकाल्नलाई पाँच÷छ हजार त्यत्तिकै जान्थ्यो । त्यसो हुँदा एकातिर समयमै सामान ढुवानी गर्न नपाउने, अर्कोतिर खर्चिलो व्यवधानले सताउने, पुल बनेपछि त्यो सबै समस्या दूर भएको स्थानीय बासिन्दा बताउँछन् । त्यतिमात्र होइन, रोशीखोलाका कारण खोलापारि क्षेत्रका बासिन्दा बर्खा लागेपछि खाद्यान्नदेखि त्यहाँ उत्पादित, दूध, तरकारीका साथै आवश्यक सामग्री ढुवानी गर्न समस्या व्यहोर्दै आइरहेकामा अब समस्याबाट मुक्त भएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ थान्सिङबँेसी र नमोबुद्ध नगरपालिका–६ खरिबोट जोड्ने रोशीखोलाको मोटरेबल पुल करिब १० वर्षपछि बल्ल सम्पन्न भएको हो ।

जिल्लाको दक्षिणपूर्वी भेग रोशी गाउँपालिकाका अधिकांश बासिन्दा, महाभारत र खानीखोला गाउँपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने पुल एक दशकपछि निर्माण सम्पन्न भएको हो । रोशी गाउँपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाका लागि सामुदायिक सुधार परियोजनाअन्तर्गत जापान सरकार र नेपाल सरकारबीचको मित्रता र सहयोगको चिनोस्वरुप जापानी जनताको तर्फबाट अनुदान सहयोग प्राप्त पुल सम्झौता भएको करिब एक दशकपछि मात्रै निर्माणले पूर्णता पाएको हो । 

करिब रु एक करोड ५० लाख लागतमा निर्माणकार्य सन्पन्न भएको सो पुल बनेपछि रोशी गाउँपालिकाको थान्सिङबेँसी, सिपाली, सिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगुलगायत विकट डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दालाई समेत सुविधा भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने