९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोशीखोलामा पक्की पुल बनेपछि खुशी

२१ असार २०७७, आईतवार ०५:३९

असार २१, बनेपा । बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी हुनुहुन्छ । घरमुनि नै बगिरहेको रोशीखोला बर्खा लागेसँगै गाडी आवतजावतमा समस्या भएपछि त्यहाँबाट पारि जान झोलुङ्गे पुल तरेर बोकेर लानुपर्ने बाध्यता थियो । अहिले रोशीखोलामा मोटरेबल पुल बनेसँगै घरआँगनबाटै तरकारी बेच्न पाएकामा धेरै खुशी लागेको उहाँले बताउनुभयो । 

उहाँ मात्रै होइन, थान्सिङबेँसीका धेरैजसो किसानले लगाएको तरकारी बेचेर आम्दानी गर्न थालेका छन् । केही समय अगाडिसम्म पुल बन्ने अवस्था देखिएको थिएन । “बन्दाबन्दीकै बीचमा पनि काम गर्न थालेपछि अहिले बल्ल पुल निर्माणकार्य सम्पन्न भएको छ, त्यसमा हामी धेरै खुशी छौँ”, न्यौपानेले भन्नुभयो, “घर अगाडिकै पुल बनेको हेर्दाहेर्दै दशक बितिसकेको थियो, अहिले आएर बल्ल सम्पन्न भएको छ ।” सम्पन्न भएसँगै रोशीपारिका आम बासिन्दालाई सहज बनेको उहाँले बताउनुभयो । 

यसअघि पुल नबन्दा खोलामा गाडी फसेर अड्केपछि निकाल्नलाई पाँच÷छ हजार त्यत्तिकै जान्थ्यो । त्यसो हुँदा एकातिर समयमै सामान ढुवानी गर्न नपाउने, अर्कोतिर खर्चिलो व्यवधानले सताउने, पुल बनेपछि त्यो सबै समस्या दूर भएको स्थानीय बासिन्दा बताउँछन् । त्यतिमात्र होइन, रोशीखोलाका कारण खोलापारि क्षेत्रका बासिन्दा बर्खा लागेपछि खाद्यान्नदेखि त्यहाँ उत्पादित, दूध, तरकारीका साथै आवश्यक सामग्री ढुवानी गर्न समस्या व्यहोर्दै आइरहेकामा अब समस्याबाट मुक्त भएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ थान्सिङबँेसी र नमोबुद्ध नगरपालिका–६ खरिबोट जोड्ने रोशीखोलाको मोटरेबल पुल करिब १० वर्षपछि बल्ल सम्पन्न भएको हो ।

जिल्लाको दक्षिणपूर्वी भेग रोशी गाउँपालिकाका अधिकांश बासिन्दा, महाभारत र खानीखोला गाउँपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने पुल एक दशकपछि निर्माण सम्पन्न भएको हो । रोशी गाउँपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाका लागि सामुदायिक सुधार परियोजनाअन्तर्गत जापान सरकार र नेपाल सरकारबीचको मित्रता र सहयोगको चिनोस्वरुप जापानी जनताको तर्फबाट अनुदान सहयोग प्राप्त पुल सम्झौता भएको करिब एक दशकपछि मात्रै निर्माणले पूर्णता पाएको हो । 

करिब रु एक करोड ५० लाख लागतमा निर्माणकार्य सन्पन्न भएको सो पुल बनेपछि रोशी गाउँपालिकाको थान्सिङबेँसी, सिपाली, सिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगुलगायत विकट डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दालाई समेत सुविधा भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता