९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

योजना अनुगमन गर्न समन्वयको टोली गाउँगाउँमा

२२ असार २०७७, सोमबार ०२:१३

असार २२, जुम्ला | जुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति जुम्लाको टोली गाउँमा पुगेको छ । यहाँका आठ वटै स्थानीय तहमा अनुगमन टोली खटिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । उहाँका अनुसार एक इञ्जिनीयरसहित चार ओभरसियर र समन्वय समितिका जनप्रतिनिधिको टोली गाउँमा पुगेको छ । 

प्रदेश सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेका हरेक विकास योजनाको अनुगमन भइरहेको छ । समन्वय समितिका उपप्रमुख बुढाले भन्नुभयो, “हामीले स्थानीय तहको अनुगमन समितिलाई पनि प्रदेश योजनाको अनुगमनका लागि आग्रह गरिरहेका छौँ । समयाभावका कारण जान सकेका छैनन् ।” यहाँको कृषि कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पुर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, वन डिभिजन कार्यालयलगायतका प्रदेश सरकार माताहतका सबै कार्यालयका विकास योजनाको अनुगमन गर्न थालिएको उपप्रमुख बुढाले बताउनुभयो । अनुगमनका क्रममा प्रदेश सरकारबाट सञ्चालित विकास योजनाको काम प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समिति जुम्लाले जनाएको छ ।

अनुगमनपश्चात समग्र विकास गतिविधिको प्रतिवेदन कर्णाली प्रदेश सरकारलाई पठाइने छ । समन्वय समितिका प्रमुख लालबहादुर सार्की हरेक योजनाको प्रभावकारिता र पारदर्शीताका लागि निरन्तर अनुगमन गरिरहने बताउनुभयो । पछिल्लो समयमा समन्वय समितिलाई विकास निर्माणका क्रियाकलापमा संलग्न गराइँदैन तैपनि अनुगमनका लागि टोली गाउँमा पुगेको प्रमुख सार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता