२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

योजना अनुगमन गर्न समन्वयको टोली गाउँगाउँमा

२०७७, २२ असार सोमबार ०२:१३

असार २२, जुम्ला | जुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति जुम्लाको टोली गाउँमा पुगेको छ । यहाँका आठ वटै स्थानीय तहमा अनुगमन टोली खटिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । उहाँका अनुसार एक इञ्जिनीयरसहित चार ओभरसियर र समन्वय समितिका जनप्रतिनिधिको टोली गाउँमा पुगेको छ । 

प्रदेश सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेका हरेक विकास योजनाको अनुगमन भइरहेको छ । समन्वय समितिका उपप्रमुख बुढाले भन्नुभयो, “हामीले स्थानीय तहको अनुगमन समितिलाई पनि प्रदेश योजनाको अनुगमनका लागि आग्रह गरिरहेका छौँ । समयाभावका कारण जान सकेका छैनन् ।” यहाँको कृषि कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पुर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, वन डिभिजन कार्यालयलगायतका प्रदेश सरकार माताहतका सबै कार्यालयका विकास योजनाको अनुगमन गर्न थालिएको उपप्रमुख बुढाले बताउनुभयो । अनुगमनका क्रममा प्रदेश सरकारबाट सञ्चालित विकास योजनाको काम प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समिति जुम्लाले जनाएको छ ।

अनुगमनपश्चात समग्र विकास गतिविधिको प्रतिवेदन कर्णाली प्रदेश सरकारलाई पठाइने छ । समन्वय समितिका प्रमुख लालबहादुर सार्की हरेक योजनाको प्रभावकारिता र पारदर्शीताका लागि निरन्तर अनुगमन गरिरहने बताउनुभयो । पछिल्लो समयमा समन्वय समितिलाई विकास निर्माणका क्रियाकलापमा संलग्न गराइँदैन तैपनि अनुगमनका लागि टोली गाउँमा पुगेको प्रमुख सार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने