२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालमै कुहियो करोडौ मूल्यको यार्सागुम्वा

२०७७, २२ असार सोमबार १५:२३

दान बहादुर बुढा | असार २२, मुगु | कोरोना भाईरस कोभिड १९ ले देश लकडाउन भएको हुँदा यो बर्ष मुगु जिल्लाको हिमालमा (पाटनमा) पाईने करोडौ मूल्यको जडिबुटी यार्सागुम्वा कुहिएको छ ।


मुगुमकार्मारोग गाउपालिकाका सानाकोखि , ठुलाकोखि , रिमाड , टाके , हङ्गादङ खोला , लगायत दजनौ हिमाल तथा पाटनहरुमा जेठ,असार, महिनामा पाईने बहुमुल्य जडिबुटि सोही पाटनहरुमा कुहिएका छन् । 


देश पूर्णरुपमा लकडाउन भएको बेला मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिकाले आफ्नो  हिमालमा पाटन क्षेत्रमा  पाईने बहुमूल्य यार्सागुम्वा कोरोना रोकथाम तथा नियन्त्रर्णको लागी यार्सासंकलनमा रोक लगाउदा यो बर्षमा पाईर्ने करोडौ मुल्यको यार्सागुम्बा पाटनमा नै कुहिएको मुगमकामारोङ्ग  गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताएका छन ।

शाहका अनुसार बिगतका बर्षहरुमा यार्सागुम्बा संकलकहरुको प्रबेश शुल्कबाट  गाँउ पालिकाको राजश्व मुख्य स्रोत हुन्थो गर्त बर्ष एक करोड राजश्व उठेको थियो यो बर्ष महामारि कोरोनाको कारण यार्सागुम्बा संकलनको लागी रोकलगाउदा यार्साबाट राजश्व शुन्य उठेको बताएका छन ।


मुगमकामारोङ्ग गाँउपालिकामा रहेको मुगु,डोल्फु,चितै,माग्री,पुलु,क्रिमी,रिउस,दाउरा, महा लगाएत दर्जनै बस्तीका मानिसहरुको जिवन निबाहको मूख्य स्रोत यार्सागुम्बा हो यो बर्ष कोरोना भाईरस कोभिड १९ले यार्सा संकलनको लागी बन्द हुदा यहाँका मानिसलाई जिवन निबाहकोलाई केही समस्या आउन्छकी भन्ने चिन्ता लागेको मुगुमकामारोङ्ग गाँउपालिका बडा नम्बर १ का वडा अध्क्षय सोनाम आङ्गतिज तामाङ्गले बताएका छन ।  


मुगुका स्थानीय बासीको रोजिरोटि गुम्यो  

बहुमुल्य जडिबुटि यार्सा संकलन गरि विगतका वर्षहरु बाट जिवन निर्वाह गरि रहेका मुगालीहरु यब वर्ष भने उनीहरुको विहान बेलुका के खाउ भन्ने चिँतामा पिरोलिएका छन् । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ ले गर्दा विश्वनै आक्रान्त भएको अवस्थामा यस गाउपालिकाले यार्सा गुम्वा संकलनमा रोक लगाउदा हामि मुगालीहरुको रोजि रोटि गर्न गाह्रो परेको मुगुमकार्मारोग गाउपालिका वडा नं २ का स्थानीय कार्मा लामाले बताए । उनका अनुसार विगतका वर्षहरुमा विकासका योजनाहरु न्युन भएको र आफ्नो गाउ देखि वाहिरी जिल्लामा गएर व्यापार व्यवसाय गर्न पनि नमिल्ने भएको हुदा रोगले भन्दा भोगले ज्यान जाने ठुलो चिन्ता लागेको लामाले जानकारी दिए । 


यसै बिच कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने अर्गाानिक कृषि बाली नालिहरु पनि उत्पादनमा कमि हुने जिल्ला हुन । यस हिमाली जिल्लाका मुख्य आम्दानिको श्रोत नै कृषि जडिबुटि हो । कोभिड १९ ले गर्दा कर्णालीका हिमाली जिल्लामा पाईने यार्सागुम्वा लगायत अन्य जडिबुटि संकलनमा विगतका वर्षहरु भन्दा पनि यो वर्ष कम भएको हुदा जिल्लामा पनि राजस्व न्युन उठेको डिभिजन वन कार्याल मुगुका वन अधिकृत भरत बहादुर बुढ्थापाले जानकारी गराउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने