२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस

२०७७, २३ असार मंगलवार ०४:३६

असार २३, गलेश्वर । कृषि ज्ञान केन्द्रको बागवानी विकास अधिकृत पदबाट अवकाश लिई म्याग्दीको उच्च लेकाली क्षेत्रमा पर्ने हिदीमा व्यावसायिकरूपमा पूर्ण प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएका भोजबहादुर थापाले उत्पादन गरेको जैविक तरकारी बेनी बजारमा खोसाखोस हुन थालेको छ ।

उहाँको अगुवाइमा म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा रु एक करोड २० लाखको लगानीमा शुरु गरिएको प्राङ्गारिक तरकारी खेतीबाट उत्पादन शुरु भएपछि अहिले पूर्व बागवानी विकास अधिकृत थापालाई भ्याइनभ्याइ छ ।

लामो समयसम्म कृषि क्षेत्रमा सेवा गर्नुभएका थापासहित जिल्लाका १० व्यावसायी मिलेर समुद्री सतहबाट एक हजार ७०० देखि दुई हजार १०० मिटर उचाइमा अवस्थित हिदीमा १५३ रोपनी क्षेत्रफलमा तरकारी खेती शुरु गरिएको छ । उनीहरुले हिमचुली अग्र्यानिक फार्म दर्ता गरेर तरकारीका साथै मौरी र उन्नत जातको बाख्रापालन तथा किबी, ओखर र कागती खेती शुरु गरेका छन् । हिमचुली अग्र्यानिक फार्मद्वारा उत्पादित तरकारी सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा अहिले बिक्री भइरहेको छ ।

 उपभोक्तालाई स्वच्छ र स्वस्थकर प्राङ्गारिक तरकारी उपलब्ध गराउने लक्ष्य राखी तरकारी बिक्री शुरु गरेको फार्मका अध्यक्ष सन्तोष रावलले बताउनुभयो । “छिट्टै आफ्नै डिपो राख्छौँ, उपभोक्ताको घरदैलोसम्म पुर्याउने योजना छ”, रावलले भन्नुभयो । डिपोबाट मागअनुसार घरमै पु¥याउने योजना छ । उहाँले कृषि खेतीमा अत्यधिक रासायनिक मल, विषादीको प्रयोगबाट उत्पादन भएको कृषि उपजले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको अवस्थामा कृषि क्षेत्रमा चार दशक अनुभव बटुलेका अधिकृतको समेत उपस्थितिमा शुद्ध प्राङ्गारिक खेती भइरहेको बताउनुभयो ।

छोटो समयमा धेरै आम्दानी गर्ने योजनासमेत नबनाइएको बताउँदै प्राङ्गारिक तरकारीका लागि मल उद्योगको अवधारणाअनुसार अगाडि बढेको फार्मका सञ्चालक एवं प्रमुख प्राविधिक पूर्व बागवानी अधिकृत थापाले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रबाट अवकाश लिएपछि थापा हिदीमै बसेर तरकारी खेतीमा सक्रिय हुनुहुन्छ । हिदीको आलु र मुला प्रख्यात भएकाले फार्ममा आलु र मुलाको सिजनमा जिल्ला बाहिरसमेत पु¥याउने योजना रहेको थापाले बताउनुभयो ।

विषादीको प्रयोगलाई पूर्णरूपमा प्रतिबन्ध लगाइएकाले उच्च हिमाली हावापानीमा हुने तरकारी खेतीलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । उहाँका अनुसार हाल बजारमा साग, मुला, काँक्रो, सिमीलगायतका उत्पादन पठाइएको र ती उत्पादनहरु बजारमा पुग्ने बित्तिकै बिक्री भइसक्ने गरेको जानकारी दिनुभयो । फार्ममा किबी, ओखर, कागती, मौरी, उन्नतजातको बाख्रापालन भइरहेकाले निकट भविष्यमा कालिज पालनको योजनासमेत रहेको उहाँले जानकारी दिनुभयो । रु एक करोड २० लाखको लगानीबाट शुरू भएको फार्ममा स्थानीयवासीले रोजगारसमेत पाएका छन् । फार्ममा १० जनाको लगानी रहेको छ भने म्याग्दी जिल्लाभित्र लगानी गर्न चाहनेलाई अवसरसमेत रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने