४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस

२३ असार २०७७, मंगलवार ०४:३६

असार २३, गलेश्वर । कृषि ज्ञान केन्द्रको बागवानी विकास अधिकृत पदबाट अवकाश लिई म्याग्दीको उच्च लेकाली क्षेत्रमा पर्ने हिदीमा व्यावसायिकरूपमा पूर्ण प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएका भोजबहादुर थापाले उत्पादन गरेको जैविक तरकारी बेनी बजारमा खोसाखोस हुन थालेको छ ।

उहाँको अगुवाइमा म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा रु एक करोड २० लाखको लगानीमा शुरु गरिएको प्राङ्गारिक तरकारी खेतीबाट उत्पादन शुरु भएपछि अहिले पूर्व बागवानी विकास अधिकृत थापालाई भ्याइनभ्याइ छ ।

लामो समयसम्म कृषि क्षेत्रमा सेवा गर्नुभएका थापासहित जिल्लाका १० व्यावसायी मिलेर समुद्री सतहबाट एक हजार ७०० देखि दुई हजार १०० मिटर उचाइमा अवस्थित हिदीमा १५३ रोपनी क्षेत्रफलमा तरकारी खेती शुरु गरिएको छ । उनीहरुले हिमचुली अग्र्यानिक फार्म दर्ता गरेर तरकारीका साथै मौरी र उन्नत जातको बाख्रापालन तथा किबी, ओखर र कागती खेती शुरु गरेका छन् । हिमचुली अग्र्यानिक फार्मद्वारा उत्पादित तरकारी सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा अहिले बिक्री भइरहेको छ ।

 उपभोक्तालाई स्वच्छ र स्वस्थकर प्राङ्गारिक तरकारी उपलब्ध गराउने लक्ष्य राखी तरकारी बिक्री शुरु गरेको फार्मका अध्यक्ष सन्तोष रावलले बताउनुभयो । “छिट्टै आफ्नै डिपो राख्छौँ, उपभोक्ताको घरदैलोसम्म पुर्याउने योजना छ”, रावलले भन्नुभयो । डिपोबाट मागअनुसार घरमै पु¥याउने योजना छ । उहाँले कृषि खेतीमा अत्यधिक रासायनिक मल, विषादीको प्रयोगबाट उत्पादन भएको कृषि उपजले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको अवस्थामा कृषि क्षेत्रमा चार दशक अनुभव बटुलेका अधिकृतको समेत उपस्थितिमा शुद्ध प्राङ्गारिक खेती भइरहेको बताउनुभयो ।

छोटो समयमा धेरै आम्दानी गर्ने योजनासमेत नबनाइएको बताउँदै प्राङ्गारिक तरकारीका लागि मल उद्योगको अवधारणाअनुसार अगाडि बढेको फार्मका सञ्चालक एवं प्रमुख प्राविधिक पूर्व बागवानी अधिकृत थापाले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रबाट अवकाश लिएपछि थापा हिदीमै बसेर तरकारी खेतीमा सक्रिय हुनुहुन्छ । हिदीको आलु र मुला प्रख्यात भएकाले फार्ममा आलु र मुलाको सिजनमा जिल्ला बाहिरसमेत पु¥याउने योजना रहेको थापाले बताउनुभयो ।

विषादीको प्रयोगलाई पूर्णरूपमा प्रतिबन्ध लगाइएकाले उच्च हिमाली हावापानीमा हुने तरकारी खेतीलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । उहाँका अनुसार हाल बजारमा साग, मुला, काँक्रो, सिमीलगायतका उत्पादन पठाइएको र ती उत्पादनहरु बजारमा पुग्ने बित्तिकै बिक्री भइसक्ने गरेको जानकारी दिनुभयो । फार्ममा किबी, ओखर, कागती, मौरी, उन्नतजातको बाख्रापालन भइरहेकाले निकट भविष्यमा कालिज पालनको योजनासमेत रहेको उहाँले जानकारी दिनुभयो । रु एक करोड २० लाखको लगानीबाट शुरू भएको फार्ममा स्थानीयवासीले रोजगारसमेत पाएका छन् । फार्ममा १० जनाको लगानी रहेको छ भने म्याग्दी जिल्लाभित्र लगानी गर्न चाहनेलाई अवसरसमेत रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ