२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब यी २१ जिल्लामा पेट्रोलियम पदार्थ ड्रममा राखेर बेच्न पाइन्छ

२०७७, २३ असार मंगलवार १०:१८

असार २३, काठमाडौँ | नेपाल आयल निगमले बिभिन्न २१ वटा दुर्गम जिल्लामा ड्रम वा सुरक्षित भण्डारणमा राखेर पेट्रोलियम पदार्थ बेच्ने विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ । 

सरकारले दुर्गम भनेर तोकेको २१ जिल्लामा प्याक्ट (ड्रम वा सुरक्षित भण्डारणमा राखेर पेट्रोलियम पदार्थ बेच्ने) विक्रेता बन्न चाहनेहरूका लागि आवेदन खुल्ला गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । दुर्गम जिल्लामा विकास निर्माण कार्य तथा अन्य खपतका लागि चाहिने मुख्यतः डिजेल बिक्री गर्न विक्रेता नियुक्त गर्न खोजिएको प्रवक्ता उपाध्यायले बताए ।

ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न चाहने संस्था वा व्यक्तिले निगमको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन गर्न सकिने निगमले जनाएको छ ।

यसरी इन्धन बेच्न पाइने जिल्लाहरुमा दार्चुला, मुगु, बझाङ, दैलेख, कालीकोट, जाजारकोट, बाजुरा, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व र पश्चिम, रोल्पा, संखुवासभा, खोटाङ, भोजपुर, ओखलढुंगा अछाम र सोलुखुम्बु जिल्ला रहेका छन् ।

ड्रममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम पदार्थ बिक्री गर्न पाइनेछ । देशभरका विकट जिल्लामा हाल ११० वटा प्याक्ट विक्रेता रहेको निगमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन