९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेरीगाउँ–हाँसिवाङ खण्ड कालोपत्रेको काम शुरु

२४ असार २०७७, बुधबार ०८:०२

असार २४, रुकुमपश्चिम । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको रुकुम(पश्चिम) खण्डमा कालोपत्रेको काम शुरु भएको छ । जिल्ला समन्वय समितका प्रमुख राजकुमार शर्माले शेरीगाउँ–हाँसिवाङ सडकखण्ड कालोपत्रेको काम उद्घाटन गर्नुभयो । 

अन्य खण्डमा धमाधम कालोपत्रेको काम भइरहँदा जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका –५ शेरीगाउँदेखि सानीभेरी गाउँपालिकाको हाँसिवाङ खण्डमा काम हुन सकेको थिएन । अन्य खण्डका तुलनामा निकै ढिलो गरी ठेक्का लागेपछि आजदेखि सो खण्डमा कालोपत्रेको काम शुरु भएको हो । बाह्र किलोमिटर लामो सो खण्डको कालोपत्रेको जिम्मा दिवा–यती जेभीले पाएको छ । गत जेठ २८ गते सम्झौता भएकामा आजदेखि काम शुरु भएको हो । रु ४४ करोड नौ लाख दुई हजार २९८ र पैसा ७६ मा सम्झौता भएअनुसार सो खण्ड कालोपत्रेको काम २०७९  मङ्सिर २७ गते अर्थात् ३० महिनामा सक्नुपर्ने प्रावधान छ । डबल कटिङ, वाल, ग्याबिन वाल, नालीसहित सडक कालोपत्रे गरिने निर्माण कम्पनीका साइट सुपरभाइजर हीरालाल केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडकको कुल लम्बाइ १२ किमी र चौडाइ नौ मिटर हुने छ भने साढे ७ मिटर कालोपत्रे गरिने छ । डेढ मिटर भने नाली र वालले ओगट्ने सुपरभाइजर केसीले बताउनुभयो ।  जिल्लामा विभिन्न खण्डमा विभाजन गरेर मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम भइरहेको छ । केही खण्डमा कालोपत्रेको काम सकिएको छ भने केहीको अन्तिम चरणमा  छ । साविकको सिङ्गो रुकुम जिल्लामा कुल आठ खण्ड रहेकामा रुकुम(पश्चिम)मा पाँच खण्ड पर्छन् । सोमध्ये मुसीकोट नगरपालिकाभित्र पर्ने शीतलपोखरी–बैरीदह खण्डमा कालोपत्रेको काम सकिसकेको छ । अन्य तीन खण्डमा  काम चलिरहेको छ । 

जिल्लामा पर्ने सबैभन्दा अप्ठ्यारो खण्डका रुपमा रहेको शेरीगाउँ–हाँसिवाङ खण्डमा कालोपत्रेको काम शुरु नहुँदा सवारी साधनसहित नागरिकले सास्ती भोग्दै आएका छन् । सो खण्डमा पर्ने मुसीकोट नगरपालिका –३ खरखरेमा वर्षामा पहिरो झर्ने तथा हिउँदमा ढुङ्गा र गिट्टीले सवारी साधनसहित नागरिकलाई आवतजावतमा ठूलो समस्या पर्दै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता