९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवाला एकमत

२४ असार २०७७, बुधबार ०८:४८

असार २४, दमौली । तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाले एकमत जनाएका छन् । जग्गा अभावमा लामो समयदेखि स्तरोन्नति हुन नसकेको अस्पताललाई जग्गा प्राप्ति गर्ने अभियानमा सबैले साथ र सहयोग दिने प्रतिवद्धता जनाएका हुन् ।

दमौली अस्पताल व्यवस्थापन समितिले आज यहाँ आयोजना गरेको छलफल तथा अन्तक्र्रियामा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अस्पताल नजिकैका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको जग्गा अस्पताल मातहत ल्याउन सके स्तरोन्नतिमा कुनै समस्या नरहेको बताउनुभयो । “अस्पताल, कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल प्रदेश सरकार मातहतकै कार्यालय हुन्, प्रदेश सरकारले निर्णय गरिदिए जग्गा प्राप्त गर्न कठिन छैन,” उहाँले भन्नुभयो, “अस्पताल व्यवस्थापन समिति यसतर्फ गम्भीर भएर लागोस् ।”

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दमौली अस्पतालको स्तरोन्नतिका लागि नगरपालिका सदैव सकारात्मक रहेको बताउनुभयो । “सबैको सहयोग भयो भने अस्पतालको स्तरोन्नतिमा कुनै समस्या छैन, नगरपालिका सदैव अस्पताल स्तरोन्नतिका पक्षमा छ,” न्यौपानेले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विकासको काममा सरकारी जग्गाको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै कृषि, पशु कार्यालयको वैकल्पिक व्यवस्थापन गरेर अस्पतालले त्यसको जग्गा प्रयोग गर्न सुझाव दिनुभयो । व्यास नगरपालिका–३ का वडासदस्य रवीन पौडेलले अहिले भइरहकै ठाउँबाट अस्पतालको सेवा वृद्धि गर्न सकिने भएकाले त्यसतर्फ सोच्नुपर्नेमा जोड दिँदै जग्गा अभावलाई देखाएर अस्पतालको स्तरोन्नति रोकिनु दुःखद भएको बताउनुभयो । 

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालसँग जोडिएका कृषि, पशु र प्रहरी उपरीक्षकको निवासको जग्गा अस्पताललाई प्राप्त गराउन विगतमा पनि निर्णय भएपनि ठोस् प्रक्रिया पूरा हुन नसकेको बताउनुभयो । पन्ध्र श्ययाको दमौली अस्पताल मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको पचास श्ययाको अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यकपर्ने देखिएको छ । अस्पताल स्तरोन्नतिका लागि आवश्यक प्रतिवेदन तयार गर्नका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिसकेको छ ।

पन्ध्र श्ययाको अस्पताल भए पनि हाल दमौली अस्पतालबाट ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेलका अनुसार भेन्टिलेटरसहित सघन कक्ष स्थापनाका लागि भेन्टिलेटर खरिद प्रक्रियामा रहेको छ । अस्पतालले आँखा, दाँत सेवा विस्तार, नकुहिने फोहर निर्मूलीकरणका लागि प्रक्रियासमेत शुरु गरिसकेको छ ।

डा पौडेलका अनुसार अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । दमौली अस्पतालमा सरकारी तर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता