२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँकेको किरणनालामा ट्रस पुल निर्माण

२०७७, २४ असार बुधबार ०९:००

असार २४, राँझा । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ स्थित किरणनालामा ट्रस पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । खजुराबजारबाट सिर्जना टोल र डिगाउँ जाने मुख्य सडकमा जीर्णावस्थामा रहेको काठको पुललाई हटाएर २२ मिटर लम्बाइ र २ मिटर ३० सेन्टिमिटर चौडाइ रहेको फलामे ट्रस पुल रु १६ लाखमा  निर्माण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयले उक्त पुलका लागि बजेट विनियोजन गरेको थियो । पुल निर्माण भएपछि सिर्जना टोल र डिगाउँसँगै जानकी गाउँपालिकाको बेलनियासँग जोडिएका केही टोल र गाउँका बासिन्दालाई आवतजावत गर्न र हल्का सवारी साधन चलाउन सहज भएको  वडाध्यक्ष तिलकवीर सुनारले बताउनुभयो । 

उहाँका अनुसार  पुल निर्माण भएपछि त्यस क्षेत्रका करीब दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुने भएको छ । जोखिमपूर्णावस्थामा रहेको काठको पुल जुनसुकै बेला पनि भत्किने अवस्थामा पुगेको थियो । वर्षौं काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि  सो पुल वरदान बनेको त्यहाँका स्थानीय अगुवाको प्रतिक्रिया छ । स्थानीयवासी चन्द्रकेशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति  गठन गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ