९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली प्रदेश सरकारको बजेट पारित

२५ असार २०७७, बिहीबार ०४:२३

असार २५, सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८औँ बैठकबाट प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको हो ।

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश योजना आयोग, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लोकसेवा आयोगको बजेटमाथि प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जवाफ दिनुभएको थियो ।

मुख्यमन्त्री शाही र योजनामन्त्री ज्वालाले सभामा उठेका प्रश्नहरुको जवाफ दिएसँगै सभामुख राजबहादुर शाहीले प्रदेश सरकारको आर्थिक विधेयक, २०७७ पारित गरियोस् भनी सभा प्रस्ताव गर्न आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई निर्देशन दिनुभएको थियो । योजनामन्त्री ज्वालाले पारित गरियोस् भनी सभामा गरेको प्रस्ताव उक्त सभाले प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित गरेको थियो ।

प्रदेश सरकारले यही असार १ गते पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), चालूतर्फ रु ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९९ करोड ६५ लाख (नौ प्रतिशत) गरी आगामी आव २०७७/७८ का लागि जम्मा रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता