२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली प्रदेश सरकारको बजेट पारित

२०७७, २५ असार बिहीबार ०४:२३

असार २५, सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८औँ बैठकबाट प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको हो ।

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश योजना आयोग, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लोकसेवा आयोगको बजेटमाथि प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जवाफ दिनुभएको थियो ।

मुख्यमन्त्री शाही र योजनामन्त्री ज्वालाले सभामा उठेका प्रश्नहरुको जवाफ दिएसँगै सभामुख राजबहादुर शाहीले प्रदेश सरकारको आर्थिक विधेयक, २०७७ पारित गरियोस् भनी सभा प्रस्ताव गर्न आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई निर्देशन दिनुभएको थियो । योजनामन्त्री ज्वालाले पारित गरियोस् भनी सभामा गरेको प्रस्ताव उक्त सभाले प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित गरेको थियो ।

प्रदेश सरकारले यही असार १ गते पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), चालूतर्फ रु ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९९ करोड ६५ लाख (नौ प्रतिशत) गरी आगामी आव २०७७/७८ का लागि जम्मा रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन