२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जानकी गाउँपालिकाद्वारा एक हजार १०० फलफूलका विरुवा वितरण

२०७७, २५ असार बिहीबार ०५:१३

असार २५, लम्की । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । “घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेका हौँ”, कृषिशाखाका प्राविधिक टोपबहादुर विष्टले भन्नुभयो, “प्रतिकिसान दुई बोट आँप र एक बोट लिची वितरण गरिएको छ ।”

यहाँका किसानले परम्परागत खेती गर्ने गरेका छन् । किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको विष्टको भनाइ छ । “यस वर्ष किसानलाई शतप्रतिशत अनुदानमा ५०० बोट लिची र ६०० बोट आँप वितरण गर्यौं ”, विष्ट भन्नुहुन्छ, “यहाँका अधिकांशको खेती र बारी छ । रकम दिए किनेर लगाउँदैनन्, बिरुवा दिए अनिवार्य लगाउँछन् भनी विरुवा नै दिएका हौँ ।” गाउँपालिकाले गत वर्ष पनि फलफूलका बिरुवा वितरण गरेको थियो । यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।


कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पनि फलफूल खेती विस्तारलाई प्राथमिकता दिएको छ । सिँचाइ आयोजना कृषितर्फको सहयोगमा सञ्चालित फलफूल तथा बगैँचा निर्माणका लागि यस वर्ष ३१ हेक्टरमा थप केराखेती र १० हेक्टर क्षेत्रफलमा फलफूलअन्तर्गत आँप, कागती र लिचीखेती कार्यक्रम सञ्चालन भएको छ ।  आयोजनाले किसानको मागअनुसार बेर्नामा ५० प्रतिशत र उत्पादन बढाउनका लागि सुक्ष्म तत्वमा ७५ प्रतिशत अनुदान सहयोग गरेको छ । आयोजनाले पनि किसानलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना बनाएको छ । “कैलालीको टीकापुर क्षेत्र केरामा भने आत्मनिर्भर छ । अन्य फलफूल बाहिरी जिल्ला तथा भारतबाट आउने गरेको छ”, किसान अगुवा लालवीर चौधरी भन्नुहुन्छ, “आयोजनाको सहयोगले यहाँका किसानले मेहेनत गरेमा फलफूलमा पनि आत्मनिर्भर बन्न सकिन्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन