१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जानकी गाउँपालिकाद्वारा एक हजार १०० फलफूलका विरुवा वितरण

२५ असार २०७७, बिहीबार ०५:१३

असार २५, लम्की । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । “घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेका हौँ”, कृषिशाखाका प्राविधिक टोपबहादुर विष्टले भन्नुभयो, “प्रतिकिसान दुई बोट आँप र एक बोट लिची वितरण गरिएको छ ।”

यहाँका किसानले परम्परागत खेती गर्ने गरेका छन् । किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको विष्टको भनाइ छ । “यस वर्ष किसानलाई शतप्रतिशत अनुदानमा ५०० बोट लिची र ६०० बोट आँप वितरण गर्यौं ”, विष्ट भन्नुहुन्छ, “यहाँका अधिकांशको खेती र बारी छ । रकम दिए किनेर लगाउँदैनन्, बिरुवा दिए अनिवार्य लगाउँछन् भनी विरुवा नै दिएका हौँ ।” गाउँपालिकाले गत वर्ष पनि फलफूलका बिरुवा वितरण गरेको थियो । यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।


कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पनि फलफूल खेती विस्तारलाई प्राथमिकता दिएको छ । सिँचाइ आयोजना कृषितर्फको सहयोगमा सञ्चालित फलफूल तथा बगैँचा निर्माणका लागि यस वर्ष ३१ हेक्टरमा थप केराखेती र १० हेक्टर क्षेत्रफलमा फलफूलअन्तर्गत आँप, कागती र लिचीखेती कार्यक्रम सञ्चालन भएको छ ।  आयोजनाले किसानको मागअनुसार बेर्नामा ५० प्रतिशत र उत्पादन बढाउनका लागि सुक्ष्म तत्वमा ७५ प्रतिशत अनुदान सहयोग गरेको छ । आयोजनाले पनि किसानलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना बनाएको छ । “कैलालीको टीकापुर क्षेत्र केरामा भने आत्मनिर्भर छ । अन्य फलफूल बाहिरी जिल्ला तथा भारतबाट आउने गरेको छ”, किसान अगुवा लालवीर चौधरी भन्नुहुन्छ, “आयोजनाको सहयोगले यहाँका किसानले मेहेनत गरेमा फलफूलमा पनि आत्मनिर्भर बन्न सकिन्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै