९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध

२५ असार २०७७, बिहीबार ०५:२४

असार २५, लमजुङ । बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो ।

 ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको ढलान भत्किएको छ भने खरखरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पुवाखोलाको दुवै तर्फको ढलान करिब एक–एक मिटर भत्किएको र सडकमाथि खरखरे भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जीनियर सुमन अधिकारीले बताउनुभयो ।

पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने र कति बेलासम्म सडक सञ्चालन हुने भन्ने निश्चित नरहेको उहाँको भनाइ छ । उहाँका अनुसार यतिबेला खरखरे पहिरो पन्छाउनका लागि एक्साभेटर लैजाने तयारी भइरहेको छ । यी ठाउँबाहेक यस सडकको विभिन्न स्थानमा समेत साना–साना पहिरो गएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । 

ढलान भत्किँदा र पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । अझै केही दिन अविरल वर्षा हुने सम्भावना रहेकाले यस सडकको विभिन्न स्थानमा पहिरो जाने सडक भासिन सक्ने भएकाले सडक अवरुद्ध हुने उच्च सम्भावना रहेको छ । यसरी सडक अवरुद्ध हुँदा ढुवानीका सवारी साधन रोकिनु सामान्य भए पनि आकस्मिक बिरामी बोक्ने एम्बुलेन्ससमेत रोकिनु पर्दा ठूलो समस्या पैदा हुने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता