२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्याक्सी आजैदेखि चल्ने, बसहरु चल्न भने अझै केहि दिन लाग्ने

२०७७, २५ असार बिहीबार १३:३६

असार २५, काठमाडौँ | सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याउन दिने भएको छ । कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको हो । 

यही असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता  डा युवराज खतिवडाले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण हुने जोखिमलाई न्यून गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पूरा गरेर सवारी साधनमा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिइने भएको छ । काठमाडौँ उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न सक्नेछन् ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्नुपर्ने भएकाले केही दिन लाग्नसक्ने तर ट्याक्सीका हकमा भने तत्कालैबाट चल्नसक्ने जानकारी दिनुभयो । 

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २८ गते र असार १५ गतेको निर्णयानुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएको आदेशमा केही हेरफेर गरिएको अर्थमन्त्री डा  खतिवडाले जानकारी दिनुभयो । सोही व्यवस्थाबमोजिम काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभर मात्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनका हकमा सो व्यवस्था लागू हुनेछ । 

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन सञ्चालन हुन सक्नेछ । निजी सवारी साधनमा चालकबाहेक थप दुई जनासम्म र परिवारभित्रका पाँच वर्षसम्मका बालबालिका मात्र सवार हुने र जोर–बिजोर प्रणाली भने कायम रहनेछ । जोर–बिजोर प्रणाली मोटर साइकलका हकमा समेत लागू हुनेछ । 

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाका हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुवाहक सवारी सार्वजनिक यातायात सञ्चालन हुन पाउनेछन् । सरकारको निर्णयानुसार चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रु रहन पाउनेछन् । यस्तै एक पङ्क्तिको सिटमा सामाजिक दूरी कायम हुनेगरी एक जनामात्रै राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । यस्तै चालक तथा सहचालकले समेत अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनुपर्नेछ । 

सरकारले तोकेअनुसार आगामी साउन ६ गतेसम्मका लागि मात्रै ट्याक्सीबाहेक अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको ५० प्रतशितसम्म थप भाडा लिन पाइनेछ । 

यस्तै उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनले पनि सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्नेछ । सबै यात्रु्ले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने तथा सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनु पर्नेछ । 

यातायात व्यवसायीले लकडाउनका कारण आफूहरु मर्कामा परेको भन्दै तत्काल सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन माग गर्दै आएका थिए । कास्कीमा त बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्न ताकेता गरेको भन्दै सवारी साधनको चाबी नै बुझाएका थिए । यस्तै ट्याक्सी चालक तथा व्यवसायीले पनि आफूहरु मारमा परेको भन्दै आफ्नो सवारी साधन सञ्चालन गर्न माग गर्दै आएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन