२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुरका उपलब्धिः हवाईसेवा, बसपार्क, अटोभिलेज र मेट्रो कलेज

२०७७, २५ असार बिहीबार १३:४९

असार २५, दाङ | दाङको तुलसीपुर उपममहानगरपालिकाले तीन वर्षका अवधिमा लामो समयदेखि बन्द हुने र खुल्ने गरेको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गरेको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तीन वर्षमा तुलसीपुरमा आधुनिक बसपार्क निर्माण, पातुखोलामा नमूना अटोभिलेज र  तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) सञ्चालनलगायत गौरवका आयोजना पूरा भएको जानकारी दिनुभयो । 

प्रमुख पाण्डेका अनुसार यसबीचमा खरको छाना हटाउने र  सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम पनि सम्पन्न भएको छ ।  अहिलेसम्म उपमहानगरपालिकाले ७५० खरका छाना हटाएको छ  । उहाँका अनुसार अहिले पञ्जीकरण, युवा क्षेत्र, आधुनिक बसपार्क निर्माणमा नगर उत्कृष्ट हुन सफल भएको छ ।  उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि,सिंचाइ र विद्युत् विस्तारमा पनि उल्लेख्य काम गरेको उहाँको भनाइ छ ।

स्वास्थ्यमा तीन वर्ष

उपमहानगरपालिकाले तीन वर्षमा तीन हजार पाँच सय जनालाई सुत्केरी भत्ता उपलब्ध गराएको छ ।  त्यस्तै उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य संस्था पुगेका छन् । 

साथै पहाडी क्षेत्र वडा नं ३ र १९ मा दुईदुई स्वास्थ्य संस्था छन् । तुलसीपुरमा रक्तसञ्चार केन्द्र, राप्ती प्रादेशिक अस्पतालमा डायोलासिस सेवा र  स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिन थालिएको उहाँले बताउनुभयो । त्यस्तै उपमहानगरपालिकामा मोतिविन्दुमुक्त गर्नका लागि निःशुल्क शल्यक्रिया सेवा तथा राप्ती आँखा अस्पताल, राप्ती प्रादेशिक अस्पताल र दुई आयुर्वेद अस्पतालमा पूर्वाधार निर्माणको काम अघि बढेको छ । साथै बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई एकीकृत स्वास्थ्य अस्पतालका रुपमा विकास गर्ने गरी तयारी गरिएको उहाँको भनाइ छ ।  यस्तै उपमहानगरपालिकाभित्र विद्यालयलाई समायोजन गर्ने काम अघि बढेको छ । अहिलेसम्म  ३२ विद्यालय समायोजन गरिएको प्रमुख पाण्डेको भनाइ छ । 

तुलसीपुर स्पोर्ट सिटी 

उपमहानगरपालिकाले तुलसीपुरलाई स्पोर्ट सिटीका रुपमा विकास गरेको छ । बेलझुण्डीमा अन्तरराष्ट्रिय रङ्गशाला निर्माण भएको र बाँकी संरचना निर्माणको काम भइरहेको प्रमुख पाण्डेले बताउनुभयो । 

एक वडा/एक खेल मैदानको अबधारणालाई अघि बढाइएकोसमेत उहाँको भनाइ छ । 

प्रविधिमैत्री उपमहानगर 

 उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने योजना अघि सारिएको छ । आगामी साउनदेखि ‘क्यासलेस र पेपरलेस’ बनाइने प्रमुख पाण्डेले बताउनुभयो । उहाँका अनुसार बैंकबाट मात्रै कारोवार गरिने  र बैंकमा उपमहानगरपालिकाको काउन्टर स्थापना गरिने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो