९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा पहिलो बेलीब्रीज पुल बनेपछि स्थानियबासि खुसी

२६ असार २०७७, शुक्रबार ०९:४४

दान बहादुर बुढा | असार २६, मुगु | लामो समयदेखी खोला तर्दै आएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका बासी र मुगमकामारोङ्ग गाँउपालिका स्थानिय बासीहरु छायानाथ रारा नगरपालिका ११ लुम्स बगरमा पहिलो पटक बेलिब्रिज पुल बन्दा निकै खुसी भएका छन् ।

बिगतका बर्षहरुमा यही लुम्स खोलाबाट दैनिक काम-काज गर्न खेतिपाति गर्न बालबालिका पठनपाठन गर्नको लागी र मुगमकामारोङ्ग गाँउपालिका जानको लागी यही खोला तर्नुपर्ने हुन्थ्यो, प्रत्यक बर्ष लुम्स खोला तर्दा २/३ जना स्थानीय बासीहरुले ज्यान गुमाउदै आएका थिए, अव भने छायानाथ रारा नगरपालिकाको १२ लुम्स खोलामा मुगमकामारोङ्ग गाँउपालिकाले पुल बनाईदिदा स्थानीय निकै खुसी भएका छन् ।


मुगु कर्णाली नदीको किनारमा रहेको लुम्सबस्ति पनि निकै जोखिममा रहेको बस्ती हो । अहिले पुल बन्दा निकै सहज भएको छ । पुल बन्दा नियमित रुपमा गमगढी बजारबाट गाडीहरु सन्चालनमा रहेका छन् । पुल बन्दा ब्यावसायमा पनि सहज आएको छ । मुगु र चिनको सिमाना रहेको नाक्च्यालाग्ना सिमाना जाने सडक पनि यहि भएको हुँदा मुगमकामारोङ्ग गाउपालिकाका ९ हजार भन्दा बढी जनसंख्या पनि यही सडक भएर आवत-जावत गर्ने भएको हुँदा हिजो-आज पुल बन्दा निकै खुसी भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का भैरव रोकायाले बताएका छन । 


स्थानिय पुर्वधार बिकास साझेदारी कार्याक्रम र मुगमकामारोङ्ग गाँउपालिकाको एक करोड ३० लाख आर्थिक सहयोगमा निमार्ण भएको लुम्स बेलीब्रिज पुलको लम्बाई ३० मिटर रहेको छ । यो पुल बन्दा छायानाथ रारा नगरपालिका र मुगमकामारोङ्ग गाँउपालिकाका स्थानिय बासीहरु दैनिक ५ सयदेखी एक हजारसम्म दैनिक आवत-जावत गर्ने गरेको मुगमकामारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता