२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढीगण्डकीद्वारा ३१ अर्ब ९३ करोड मुआब्जा वितरण

२६ असार २०७७, शुक्रबार ११:३४

असार २६, गोरखा | बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अघिग्रहण गर्न शुरु गरेयता अहिलेसम्म रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरिसकेको आयोजनाका पुनःबास तथा पुनःस्थापना एकाइ कार्यालय सिउरेनीटारका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभएको हो । 

“यो आर्थिक वर्षमा डुबान क्षेत्रमा पर्ने धादिङ र गोरखाका प्रभावित क्षेत्रका बासिन्दालाई रु पाँच अर्बभन्दा बढी मुआब्जा वितरण गरी सकिएको छ”, उहाँले भन्नुभयो, “चालू आवमा गोरखातर्फ रु दुई अर्ब ६६ करोड तथा धादिङतर्फ रु दुई अर्ब ७७ करोडभन्दा बढी मुआब्जा वितरण गरिएको हो ।” 

आयोजना प्रमुख कार्कीका अनुसार डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये दुवै जिल्लाका करिब ४७ हजार ३२५ रोपनी क्षेत्रफलको मुआब्जा वितरण काम सम्पन्न भइसकेको छ । “सर्भेअनुसार आयोजनाले गोरखातर्फ कूल ३० हजार ७८ रोपनी र धादिङतर्फ २८ हजार ७५ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “मुआब्जा वितरणको काम शुरु भएदेखि गोरखातर्फका २३ हजार ५७५ रोपनी र धादिङतर्फका २३ हजार ७५० रोपनी क्षेत्रफलको मुआब्जा वितरण गरिएको छ ।”

डुबान क्षेत्रमा पर्ने करिब ५८ हजार रोपनी क्षेत्रफल जग्गा आयोजनाले अधिग्रहण गर्नुपर्ने उहाँको भनाइ छ । तीमध्ये ४७ हजार ३२५ रोपनी क्षेत्रफलको मुआब्जा वितरण गर्ने काम सम्पन्न भइसकेको र बाँकीमध्ये अधिकाँश जग्गा सरकारी, सार्वजनिक, विद्यालय तथा संस्थानको पर्ने भएकाले मुआब्जा वितरणको काम त्यति धेरै नरहेको उहाँले बताउनुभयो । सरकारी, सार्वजनिक, विद्यालय तथा संस्थान जग्गाको मुआब्जा वितरण गर्नु नपर्ने उहाँको भनाइ छ । ढिलो गरी मुअब्जा निर्धारण भएका आरुघाट, त्रिपुरासुन्दरी, खहरे र आर्खेत बजार क्षेत्रको मुआब्जा वितरणको काम अहिले धमाधम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

आयोजनाले आव २०७३/७४ देखि डुबान क्षेत्रमा पर्ने जमिन अधिग्रहण गरि मुआब्जा निर्धारणको काम शुरु गरेको हो । आयोजनाबाट दुई जिल्लाका गरी २० हजार १४६ जना पूर्ण विस्थापित हुनेछन् भने २५ हजार प्रभावित हुनेछन् । आयोजनाको डुबान क्षेत्रमा पर्ने घर गोठ फलफूल र बोटबिरुवाको मुआब्जा भने अर्को आवदेखि मात्र वितरण गर्न शुरु गरिने उहाँले जानकारी दिनुभयो । त्यसका लागि लगत सङ्कलनको काम भइरहेको प्रमुख कार्कीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य