२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१९ कम्पनीका ६ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै, यी हुन् कम्पनीहरु हेर्नुहोस्

२०७७, २७ असार शनिबार १०:३५

असार २७, काठमाडौँ । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । 

नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । सोअनुसार पाँच करोड ८४ लाख नौ हजार ८७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो । त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन् । यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक÷एक कम्पनी रहेका छन् । 

चार बीमा कम्पनीको साधारण शेयर आउँदै

बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले रु ३० करोड बराबरको तीस लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

सानिमा जनरल इन्स्योरेन्सले पनि रु ३० करोड बराबरको तीस लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ । त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै बोर्डमा आवेदन दिएका छ । सो कम्पनीको शेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ । 

बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता र विन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि रु २५ करोड बराबरको २५ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजनाले रु आठ करोड ९६ लाख ९५ हजार २२० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन माग गरेको छ । 

शुभम् पावर लिमिटेडले रु पाँच करोड ८० लाख ५८ हजार बराबरको पाँच लाख ८० हजार ५८० साधारण शेयर बिक्रीको अनुमति मागेको छ । सिइडिबी हाइड्रोपावर कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता, तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले रु एक खर्ब ५० करोड बराबरको एक करोड ५० लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ । 

त्यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६०० बराबरको सात लाख ३६ हजार २८३ कित्ता, माउन्टेन इनर्जी नेपालले रु ३९ करोड ३६ लाख पाँच हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले रु ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले रु ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ । 

यस्तै सिबिआइएल क्यापिटल लिमिटेडले रु तीन करोड बराबरको तीन लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले रु ८६ लाख बराबरको ८६ हजार कित्ता साधारण शेयर बिक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ । अन्यतर्फका दुई कम्पनीमा चन्द्रागिरि हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन् । 

चन्द्रागिरि हिल्सले रु १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले रु पाँच करोड बराबरको पाँच लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ । 

बोर्डले चालू आवमा कुल नौ कम्पनीका रु तीन अर्ब ९९ करोड ४८ लाख चार हजार बराबरको तीन करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् । यस्तै केही दिनअघि मात्रै एनआइसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ ।

सो कम्पनीले रु ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो । यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रु सात करोड सात लाख ८० हजार बराबरको सात लाख सात हजार ८०० कित्ता साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीको साधारण शेयर बाँडफाँड हुन बाँकी छ । 

यस्तै अजोड इन्स्योरेन्स लिमिटेडको साधारण शेयर हाल बिक्री भइरहेको छ । सो कम्पनीको रु ३० करोड बराबरको ३० लाख कित्ता शेयर बिक्री भइरहेको छ । उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो