२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

२०७७, २८ असार आईतवार ०१:१९

असार २८, खोटाङ | लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । 

विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ ।

त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताउनुभयो । “खोलामा आएको बाढीको बहाव नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ । खोलामा आएको बाढीको बहाव घट्ने सम्भावना देखिएको छैन । अवरुद्ध विद्युत् सञ्चालनमा ल्याउन समय लाग्ने देखिन्छ ।”

तीन दिनदेखि लगातार वर्षा भइरहे पनि खोटाङतर्फको भागमा कुनै पनि क्षति नभएको विद्युत् प्राधिकरणले जनाएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा खोटाङको बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ । 

तीन जिल्लाका लागि बुइपाको सवस्टेशनमार्फत विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको जनाइएको छ । विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगाखोलासँगै ठाउँ–ठाउँमा घनाजङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गरेको छ । पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत्को दीर्घकालीन समस्या समाधान गर्न कसैको ध्यान नगएकोमा उपभोक्ता आक्रोशित छन् । 

यसअघि विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोल तथा तारमा ३३ केभी प्रसारणलाइनको क्षमता थपिएकाले पनि समस्या भएको जिल्लावासीको आरोप छ । विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको विद्युत् पोल अहिलेसम्म पनि स्तरोन्नति गरिएको छैन । पटक–पटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा दुई कर्मचारीको मृत्यु भइसकेको छ भने एक अङ्गभङ्ग भएका छन् । अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो