९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना

२८ असार २०७७, आईतवार ०६:३५

असार २८, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो ।

जग्गाको भौतिक पूर्वाधार, ग्रामीण सडक, सिँचाइ, विद्युत्, खानेपानी, शीत भण्डार आदि प्राविधिक सहायताका साथै मल, बीउ, बिजन र बजार प्रवद्र्धनमा गाउँपालिकाले पहल गर्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । उहाँका अनुसार बाँझो जमीन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने छ । गाउँपालिकाले कम्तीमा पाँच  रोपनी वा सोभन्दा बढी जग्गामा मौसमअनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकका रूपमा पहिचान गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाइने र यसको प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेन्टमा कोदाको परिकार मेनुमा राख्न अनिवार्य गरिने उल्लेख गर्नुभयो । कोदो खेतीको प्रवद्र्धनका लागि गाउँपालिकाले विगत वर्षदेखि कोदो महोत्सव गर्दै आएको छ ।

गाउँपालिकाको कृषि स्रोतमा आधारित रैथाने बाली, जडीबुटी र फलफूल लगायतका कृषि उपजको उद्योग स्थापना गर्न निजी क्षेत्रलाइ आकर्षण गर्ने नीति लिएको छ । गाउँपालिका भित्रका कृषि समूह, विभिन्न मोडलका कृषि फर्मका कार्यक्रमलाई सम्बन्धित सरोकारवालासँग समन्वय गरी व्यावसायिक कृषिका रूपमा  विकास गरिने योजना छ ।

गाउँपालिका भित्रका निश्चित स्थानमा आलु उत्पादन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उहाँले कौसी खेती, करेसाबारी, घरबगैँचामा तथा पोषणयुक्त बाली लगाउन प्रोत्साहन गरिने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता