१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

२९ असार २०७७, सोमबार ०४:५९

केदार मगर । असार २९, खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् । 

पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको सञ्चालक पर्वतले बताउनुभयो । “ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “फार्ममा उत्पादित ड्रागन फ्रुटको नर्सरी सहुलियत मूल्यमा बिक्री गरिनेछ ।” झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ । फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । 

पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरु गरिएको अर्का सञ्चालक सन्तराजले बताउनुभयो ।  

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा उपलब्ध गराएको रु आठ लाख अनुदान र चारजनाले प्रति व्यक्ति शेयर रु एक/एक लाख गरी रु १२ लाखमा ड्रागन फ्रुटको खेती शुरु गरिएको जनाइएको छ । ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालीम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् । 

आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ । चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन् । पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती शुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो । चार युवाले शुरु गरेको सामूहिक ड्रागन फ्रुटको खेती शुरुआती चरणमै राम्रो देखिएको कृषि शाखा प्रमुख राईको भनाइ छ । 

हरेक वडामा कृषक समूह गठन गरेर ‘एक वडा, एक कृषि व्यवसाय’को स्रोत केन्द्र बनाउने गरी गाउँपालिकामा अभियान नै थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “वडास्तरमा २९ वटा कृषक समूह गठन गरिएको छ”, उहाँले भन्नुभयो, “हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउ/बीजन, उन्नत जातको पशु तथा पंछी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको छ ।” 

गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकारअन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । सबै वडालाई एक÷एक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः कृषिमा बजेट बढाउँदै लगिने गाउँपालिका प्रमुख खड्काले बताउनुभएको छ । 

परम्परागत कृषि पेशा अपनाउँदै आएका कृषक गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि कृषि पेशाप्रति आकर्षित बनेका छन् । गाउँपालिको समग्र कृषि क्षेत्रको विकासका लागि गाउँपालिका प्रमुख र वडाका लागि वडाध्यक्षको संयोजकत्वमा कृषि विकास समिति गठन गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै