२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि सञ्चालनमा आयो मयुँर यातायात, यी रुटमा चल्छ

२०७७, २९ असार सोमबार ०९:३७

असार २९, काठमाडौँ । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको प्रालीले जनाएको छ । 

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो । सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालीका सञ्चालक दीपक भण्डारीले बताउनुभयो । पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उहाँका अनुसार प्रालीले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ । उहाँले भन्नुभयो, “मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौ ।” बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो प्रालीले पनि समर्थन गरेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन