२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीयवासीको शतप्रतिशत लगानीमा बन्यो कृषि सडक

२०७७, ३० असार मंगलवार ०५:२१

असार ३०, कास्की । पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की/मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले रु छ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले बताउनुभयो ।

एक सय २८ घरधुरीले न्यूूनतम रु दुई हजारदेखि रु ५० हजारसम्म सडक निर्माणमा लगानी गरेको निर्माण समितिले जनाएको छ । यसबाहेक सडकमा स्थानीयले श्रमदानसमेत गरेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीअघि शुरु गरिएको सो सडक बन्दाबन्दीकै अवधिमा सम्पन्न भएको थियो । सडक निर्माणपछि स्थानीयवासीलाई खेतीपातीका लागि सहयोग पुगेको छ भने पोखरा बजार आउनजानका लागि समेत सहज भएपछि स्थानीयवासी खुशी भएका छन् । “सडक निर्माणछि पाँच मिनेटमा हल्लनचोक–घाँटीछिना सडकमा पुग्न सकिन्छ । यसअघि सो ठाउँमा पुग्न झन्डै एक घण्टा घुमेर पामे निस्कनु पथ्र्यो”, अध्यक्ष लामिछानेले भन्नुभयो, “लकडाउनमै सडक निर्माण सकियो, यसपालि खेत रोप्न पनि सजिलो भयो ।”

फेवातालको सिरान फेवा फाँट जिल्लामा धान उत्पादनमा अग्रणी स्थानमा आउँछ । तालको सिरान भएकाले जेठको दोस्रो हप्तादेखि रोपाइँ शुरु हुने भए पनि सडक नहुँदा ट्र्याक्टर लैजान नसक्दा रोपाइँ ढिला हुने गरेकामा यसपटक सडक बनेपछि समयमै कृषकले धान रोपेको स्थानीयवासी श्याम गुरुङले बताउनुभयो ।

“हामी पनि हिँड्थ्यौँ, स्कूलका बच्चा हिँड्न नसकेर बोरामा ग्राभेल माटो भरेर पनि बाटोमा राखेर बालबालिका तालपारिको शान्ति निकेतन स्कूल पठाउने गर्दथ्यौँ, अहिले विद्यार्थीदेखि कृषक सबैलाई सहज भएको छ”, गुरुङले भन्नुभयो, “अहिले पनि बाढी आउँदा सडक भत्किने गरेको छ, यसलाई स्तरोन्नतिका लागि सरकारसँग माग गर्दछौँ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ