२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भिमाद रङ्गशालामा बन्यो शौचालय

२०७७, १ श्रावण बिहीबार ०५:२५

साउन १, तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित क्याम्पस रोड नजिकै निर्माण गरिएको भिमाद रङ्गशालामा शौचालय निर्माणकार्य सम्पन्न भएको छ । जिल्लाकै ठूलो दाबी गरिएको भिमाद रङ्गशाला भवन निर्माणपछि शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपश्चात उक्त क्षेत्रमा खेलकूदका लागि आउनेका लागि सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु २५ लाखको लागतमा उक्त शौचालय निर्माण गरिएको हो । 

शौचालय निर्माणका लागि स्थानीय प्रगति टोल विकास संस्था, भिमाद युवा क्लब र जन शान्तिनगर युवा क्लबको सक्रिय सहयोग रहेको शौचालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष उज्ज्वल खनालले जानकारी दिनुभयो । युरिनोसहित महिला, पुरुष र अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “शौचालयको माथिल्लो तलामा भिमाद नगर खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको छ ।” 

खेल खेल्नका लागि रङ्गशालामा आउने खेलप्रमीका लागि शौचालय नहुँदा अन्यत्र भौतारिनुपर्ने अवस्था थियो । उहाँले भन्नुभयो, “शौचालय निर्माणपश्चात समस्याको अन्त्य भएको छ ।” शौचालय भवन माथिल्लो तलामा खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको समितिका अध्यक्ष प्रेम थापाले बताउनुभयो । भवन निर्माणपश्चात कार्यालयमा एक कार्यालय सहयोगी राखेर खेल्न आउने खेलाडीलाई आवश्यक खेल सामग्री उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

समितिले खेल सामग्री निःशुल्करूपमा उपलब्ध गराउने छ । उहाँले भन्नुभयो, “फुटबल, भलिबल, बास्केटबललगायत खेल सामग्री समितिले व्यवस्था गर्नेछ, खेल खेल्न आउने खेलाडीले कुनै पनि खेल सामाग्री ल्याउनु पर्दैन ।” भिमाद रङ्गशालामा निर्माण गरिएको प्यारापिट दुई हजार ५०० क्षमताको रहेको छ । करिब ७५ मिटर लामो दूरीमा नौवटा स्टेज निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा उक्त रङ्गशाला निर्माण गरिएको हो । खेलकूद हेर्न आउने दर्शकका लागि बसेर हेर्न मिल्ने गरी उक्त प्यारापिट निर्माण गरिएको खनालले बताउनुभयो । 

विसं २०७६ चैत १ मा सम्झौता गरी २०७७ जेठ १५ मा रङ्गशाला सम्पन्न गरेको हो । उक्त रङ्गशाला निर्माण भएपछि प्रदेशस्तरीय खेल प्रतियोगिताको लागि सहज हुने विश्वास गरिएको छ । प्रदेश सरकारद्वारा उक्त रङ्गशालाका लागि पुन: रु २५ लाख थप बजेट विनियोजन भइसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा