९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भिमाद रङ्गशालामा बन्यो शौचालय

१ श्रावण २०७७, बिहीबार ०५:२५

साउन १, तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित क्याम्पस रोड नजिकै निर्माण गरिएको भिमाद रङ्गशालामा शौचालय निर्माणकार्य सम्पन्न भएको छ । जिल्लाकै ठूलो दाबी गरिएको भिमाद रङ्गशाला भवन निर्माणपछि शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपश्चात उक्त क्षेत्रमा खेलकूदका लागि आउनेका लागि सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु २५ लाखको लागतमा उक्त शौचालय निर्माण गरिएको हो । 

शौचालय निर्माणका लागि स्थानीय प्रगति टोल विकास संस्था, भिमाद युवा क्लब र जन शान्तिनगर युवा क्लबको सक्रिय सहयोग रहेको शौचालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष उज्ज्वल खनालले जानकारी दिनुभयो । युरिनोसहित महिला, पुरुष र अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “शौचालयको माथिल्लो तलामा भिमाद नगर खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको छ ।” 

खेल खेल्नका लागि रङ्गशालामा आउने खेलप्रमीका लागि शौचालय नहुँदा अन्यत्र भौतारिनुपर्ने अवस्था थियो । उहाँले भन्नुभयो, “शौचालय निर्माणपश्चात समस्याको अन्त्य भएको छ ।” शौचालय भवन माथिल्लो तलामा खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको समितिका अध्यक्ष प्रेम थापाले बताउनुभयो । भवन निर्माणपश्चात कार्यालयमा एक कार्यालय सहयोगी राखेर खेल्न आउने खेलाडीलाई आवश्यक खेल सामग्री उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

समितिले खेल सामग्री निःशुल्करूपमा उपलब्ध गराउने छ । उहाँले भन्नुभयो, “फुटबल, भलिबल, बास्केटबललगायत खेल सामग्री समितिले व्यवस्था गर्नेछ, खेल खेल्न आउने खेलाडीले कुनै पनि खेल सामाग्री ल्याउनु पर्दैन ।” भिमाद रङ्गशालामा निर्माण गरिएको प्यारापिट दुई हजार ५०० क्षमताको रहेको छ । करिब ७५ मिटर लामो दूरीमा नौवटा स्टेज निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा उक्त रङ्गशाला निर्माण गरिएको हो । खेलकूद हेर्न आउने दर्शकका लागि बसेर हेर्न मिल्ने गरी उक्त प्यारापिट निर्माण गरिएको खनालले बताउनुभयो । 

विसं २०७६ चैत १ मा सम्झौता गरी २०७७ जेठ १५ मा रङ्गशाला सम्पन्न गरेको हो । उक्त रङ्गशाला निर्माण भएपछि प्रदेशस्तरीय खेल प्रतियोगिताको लागि सहज हुने विश्वास गरिएको छ । प्रदेश सरकारद्वारा उक्त रङ्गशालाका लागि पुन: रु २५ लाख थप बजेट विनियोजन भइसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता