२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

२०७७, २ श्रावण शुक्रबार ०४:२८

साउन २, सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा बिहीबारदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्र र उपप्रमुख निरु पोखरेलले बिहीबार संयुक्तरुपमा उद्घाटन गर्नु भएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । घर भाडामा लिई सञ्चालनमा ल्याइएको स्वास्थ्य केन्द्रमा हाल हेल्थ असिस्टेन्ट, नर्सिङ स्टाफ र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी रहने छन् । 

नगरपालिकाको १२ वडामध्ये स्वास्थ्य संस्थाविहीन वडा नम्बर २ र ९ मा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले बरमझियामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख मिश्रले बताउनुभयो । नगर प्रमुख मिश्रका अनुसार एक साताभित्र वडा नम्बर ९ मा पनि स्वास्थ्य केन्द्र सञ्चालन गरिनेछ ।  उद्घाटनका अवसरमा नगर प्रमुख मिश्रले आफ्नै कार्यकालमा केन्द्रका लागि भवन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य क्षेत्रमा छ महिनाभित्रै देखिने गरी काम गर्ने उहाँले घोषणा गर्नुभयो ।

नगरपालिकाले स्वास्थ्य, शिक्षालगायत आधारभूत विषयलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको जानकारी दिनुहुँदै नगर प्रमुख मिश्रले हात्तीलगायत जङ्गली जनावर नियन्त्रणमा पनि प्रभावकारी काम गरिने बताउनुभयो । उपप्रमुख पोखरेलले तीन कट्ठा जग्गा उपलब्ध भएमा आर्थिक वर्षदेखि स्वास्थ्य केन्द्रको भवन निमार्णको काम शुरु गरिने बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर सञ्जीव झाले नगरपालिकाको स्वास्थ्य अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो