२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अण्डा काठमाडौँ पठाउनुपर्ने बाध्यता हट्यो

२ श्रावण २०७७, शुक्रबार ०५:४६

रामबहादुर थापा। साउन २, बागलुङ। स्थानीय जातका कुखुरापालन गर्दै आउनुभएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याउनुभएको छ । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उहाँको बाध्यता थियो । उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिका–३ रातामाटामा ‘सापकोटा कृषि फार्म’ सञ्चालन गर्नुभएका उहाँले दुई वर्षदेखि स्थानीय जातका कुखुराको व्यावसायिकपालन गर्दै आउनुभएको छ । स्थानीय जातका कुखुराको चल्ला उत्पादनका लागि जिल्लामै पहिलोपटक ह्याचरी सञ्चालनमा आएको उहाँको भनाइ छ । “पहिले चल्ला उत्पादनका लागि अण्डा बाहिर पठाउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “गाडीमा ढुवानी गर्दा नोक्सानी हुन्थ्यो, लागत पनि बढ्थ्यो, अब त्यो बाध्यता हट्यो ।”

ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । निश्चित शुल्क लिएर बाहिरका कुखुरापालक किसानलाई पनि ह्याचरीमा चल्ला उत्पादन गर्न दिने उहाँको योजना छ । उहाँको ‘फार्म’मा अहिले स्थानीय साकिनी, कडकनाथ, घाँटी खुइले, उल्टे र बट्टाइलगायत गरी ६ सय कुखुरा छन् । कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले गत आवमा रु. दुई लाख ३६ हजार अनुदान दिएको थियो ।

ह्याचरी भने व्यक्तिगत लगानीमा सञ्चालन गरेको उहाँको भनाइ छ । व्यवसाय प्रवद्र्धनमा उहाँलाई छोरा निशानको दरिलो साथ छ । व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उहाँ बुबासँगै खट्नुहुन्छ ।

पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताउनुभयो । देशभरका स्थानीय जातका कुखुरापालक किसान सामाजिक सञ्जालमार्फत एकठाउँमा जोडिएका छन्  । यसले ज्ञान, सीप, अनुभव आदनप्रदानदेखि व्यवसाय विस्तार र प्रवद्र्धनमा सघाएको उद्यमी बैकुण्ठको बुझाइ छ । पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ । स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । 

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मुल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु. आठ सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा रु १५ र एक साताको चल्ला रु एक सय २५ मा बिक्री हुँदै आएको छ । 

स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने उहाँले बताउनुभयो । “बारीमा चर्छन, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्”, उहाँले भन्नुभयो । कुखुरापालनबाट मासिक रु. ४० हजारसम्म मुनाफा निकाल्न उहाँ सफल हुनुभएको छ । स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने उहाँको योजना छ । कुखुरापालनका लागि शुरुमा उहाँले रु. चार लाख लगानी गर्नुभएको थियो । 

कुखुरापालनसँगै उहाँले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । पढाइमा स्नातक उहाँले कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य लिनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य