२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२६ किलोमिटर सडक कालोपत्र हुने

२ श्रावण २०७७, शुक्रबार १४:२२

साउन २, कैलाली | कैलालीका दुई वटा नगरपालिकामा एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरी २६ किलोमिटर सडक कालोपत्र गर्नका लागि सम्झौता गरिएको हो । धनगढीले बजार क्षेत्रका १० किलोमिटरका सात वटा सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको सो एकाइले जनाएको छ ।  दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चितवनको कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको आयोजना कार्यान्वयन एकाइका व्यवस्थापक परिचित कडरियाले बताउनुभयो । 

उहाँका अनुसार धनगढीमा पहिलो चरणअन्तर्गत १० किमीका सात वटा सडक रु ६८ करोड पाँच लाख ९८ हजारमा निर्माण गर्ने गरी सम्झौता भएको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्म एक दशमलव ३८ किमी, गुल्म–चर्च सडक दुई दशमलव सात किमीको, जाखोर ताल सडक ७०० मिटर, क्याम्पस गेट–चटकपुर सडक तीन दशमलव ६५ किमी,  धनगढी–खुटिया–स्याउले सडक ८७० मिटर, मालपोत सडक ४३० मिटरको र हसनपुर सडक एक दशमलव १५ किमीको कालोपत्र गरिने जनाइएको छ । 

एकाइका अनुसार धनगढी उपमहानगरपालिकामा २३ वटा सडक कालोपत्र गर्ने योजना रहेकामा पहिलो चरणमा सात सडक मात्र कालोपत्र हुनेछ । कैलालीको गोदावरीमा लागू भएको आयोजनाअन्तर्गत ४८ करोड बढी लागतमा निर्माण हुने १६ किमी सडक दुई वर्षभित्र कालोपत्र गर्न शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ र कालिका कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको छ । सम्झौताअनुसार गेटा आँखा अस्पताल–लालपुर, गेटा आँखा अस्पताल–जोनापुर सडक, लालपुर–गौडी सडक, कत्था फ्याक्ट्री सडक, अत्तरिया–नमस्ते होटेल जाने सडक, चौकीडाँडा–चाक्ले खोला सडक कालोपत्र हुनेछ । सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको भीमदत्त, शुक्लाफाँटा नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना लागू भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य