४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मार्तडी बजारमा सौर्य बत्ती

२ श्रावण २०७७, शुक्रबार १४:२६

साउन २, बाजुरा | यहाँस्थित जिल्ला सदरमुकाम मार्तडी बजारमा निर्माण गरिएको सडकमा सोलार बत्ती जडान कार्य थालिएको छ ।  बडीमालिका नगरपालिकाले रातिको समयमा सञ्चालन हुने सवारीसाधन र सर्वसाधारणको आवतजावत सहज बनाउन सडकमा खम्बा गाडेर सोलार बत्ती जडान कार्य शुरु गरेको नगरपालिकाले जनाएको छ । पक्की सडक निर्माण भएको क्षेत्रमा सहज आवतजावत गर्न बजार क्षेत्रका मुख्य सडकमा सोलार जडान कार्य थालेको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताउनुभयो । 

उहाँले खुलामञ्चदेखि गौडाडिल र जिल्ला अस्पतालदेखि महोक होटलसम्मको सडक क्षेत्रमा सडक बत्ती सोलार जडान गर्न थालेको नगरप्रमुख बडुवालले राससलाई बताउनुभयो । मार्तडी बजारमा पक्की सडक निर्माण भएका क्षेत्रमा क्रमिकरुपमा सोलार बत्ती जडान गरी उज्यालो नगरपालिका बनाउने लक्ष्यसाथ काम गरिने नगरप्रमुख बडुवालको भनाइ छ ।खुलामञ्चदेखि गौडा डिल र जिल्ला अस्पतालदेखि वन डिभिजन कार्यालय हुँदै मोहक होटलसम्म १५ वटा खम्बामा सोलार बत्ती जडान गरिएको नगर उपप्रमुख कविता विष्टले बताउनुभयो । नगरपालिकाको लगानीमा सो कार्य गरिएको हो । पहिलो चरणमा जिल्ला अस्पताल हुँदै मोहक होटल, खुलामञ्चदेखि गौडा डिलसम्म सोलार बत्ती जडान गरिएका भए पनि दोस्रो चरणमा डिआर मस्टदेखि दुनीहाट बजार र कारागारसम्म सोलार बत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ । 

बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका सोलार बत्ती जडानकार्यसँगै सिसी क्यामरा जडानकार्य यसै आर्थिक वर्षमा गर्ने भएको छ । मार्तडी बजार क्षेत्रमा चोरीका घटना  बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि सिसि क्यामरा जडान गरिने नगरप्रमुख बडुवालले जानकारी दिनुभएको छ । 

सडकबत्तीको सहायताले रातिको समयमा चोरी र अन्य हिंसात्मक गतिसम्बधी न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गर्ने तयारी भइरहेको नगरप्रमुख बडुवालले बताउनुभयो । नगरपालिकाबाट नै निगरानी राख्ने गरी हरेक दिन बजार क्षेत्रका हुने चोरी, लुटपाट, आगलागी जस्ता कार्य समयमै नियन्त्रण गरी चोरी र हिंसात्मक गतिविधिमुक्त बनाउने गरी उक्त क्यामरा जडान हुने भएको नगरपालिकाले जनाएको छ । क्यामरा जडान साउन भदौमा गर्ने बताइएको छ । बजारमा सिसी क्यामरा जडानपछि जघन्य अपराधदेखि सामान्य चोरीका घटनाका दोषीलाई पक्राउ गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ