२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मार्तडी बजारमा सौर्य बत्ती

२०७७, २ श्रावण शुक्रबार १४:२६

साउन २, बाजुरा | यहाँस्थित जिल्ला सदरमुकाम मार्तडी बजारमा निर्माण गरिएको सडकमा सोलार बत्ती जडान कार्य थालिएको छ ।  बडीमालिका नगरपालिकाले रातिको समयमा सञ्चालन हुने सवारीसाधन र सर्वसाधारणको आवतजावत सहज बनाउन सडकमा खम्बा गाडेर सोलार बत्ती जडान कार्य शुरु गरेको नगरपालिकाले जनाएको छ । पक्की सडक निर्माण भएको क्षेत्रमा सहज आवतजावत गर्न बजार क्षेत्रका मुख्य सडकमा सोलार जडान कार्य थालेको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताउनुभयो । 

उहाँले खुलामञ्चदेखि गौडाडिल र जिल्ला अस्पतालदेखि महोक होटलसम्मको सडक क्षेत्रमा सडक बत्ती सोलार जडान गर्न थालेको नगरप्रमुख बडुवालले राससलाई बताउनुभयो । मार्तडी बजारमा पक्की सडक निर्माण भएका क्षेत्रमा क्रमिकरुपमा सोलार बत्ती जडान गरी उज्यालो नगरपालिका बनाउने लक्ष्यसाथ काम गरिने नगरप्रमुख बडुवालको भनाइ छ ।खुलामञ्चदेखि गौडा डिल र जिल्ला अस्पतालदेखि वन डिभिजन कार्यालय हुँदै मोहक होटलसम्म १५ वटा खम्बामा सोलार बत्ती जडान गरिएको नगर उपप्रमुख कविता विष्टले बताउनुभयो । नगरपालिकाको लगानीमा सो कार्य गरिएको हो । पहिलो चरणमा जिल्ला अस्पताल हुँदै मोहक होटल, खुलामञ्चदेखि गौडा डिलसम्म सोलार बत्ती जडान गरिएका भए पनि दोस्रो चरणमा डिआर मस्टदेखि दुनीहाट बजार र कारागारसम्म सोलार बत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ । 

बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका सोलार बत्ती जडानकार्यसँगै सिसी क्यामरा जडानकार्य यसै आर्थिक वर्षमा गर्ने भएको छ । मार्तडी बजार क्षेत्रमा चोरीका घटना  बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि सिसि क्यामरा जडान गरिने नगरप्रमुख बडुवालले जानकारी दिनुभएको छ । 

सडकबत्तीको सहायताले रातिको समयमा चोरी र अन्य हिंसात्मक गतिसम्बधी न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गर्ने तयारी भइरहेको नगरप्रमुख बडुवालले बताउनुभयो । नगरपालिकाबाट नै निगरानी राख्ने गरी हरेक दिन बजार क्षेत्रका हुने चोरी, लुटपाट, आगलागी जस्ता कार्य समयमै नियन्त्रण गरी चोरी र हिंसात्मक गतिविधिमुक्त बनाउने गरी उक्त क्यामरा जडान हुने भएको नगरपालिकाले जनाएको छ । क्यामरा जडान साउन भदौमा गर्ने बताइएको छ । बजारमा सिसी क्यामरा जडानपछि जघन्य अपराधदेखि सामान्य चोरीका घटनाका दोषीलाई पक्राउ गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो