२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भदौ १ देखि अन्तराष्ट्रिय हवाई उडान खूला गर्न प्रस्ताव

२०७७, २ श्रावण शुक्रबार १७:२६

साउन २, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भदौ १ गतेदेखि अन्तराष्ट्रिय हवाई उडान खूला गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको जनाएको छ । 

विश्वव्यापी महामारीको कारण बन्द भएको आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुलाउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छलफल गरि आन्तरिक उडान साउन तेश्रो सातादेखि खुलाउने र त्यसको एकसातापछि अर्थात भदौ १ गतेदेखि अन्तराष्ट्रिय उडान खूला गर्ने प्रस्ताव निर्णयको लागि पठाइएको मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले बताएका छन् ।

पौडेलले कोरोना महामारीलाई मध्येनजर गरि आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानको लागि सुरक्षा सतर्कताको समेत तयारी थालिएको जानकारी दिए । उनले हवाईजहाज सेनिटाइज गर्नेदेखि सामाजिक दुरी र यात्रुको स्वास्थ्य सुरक्षालाई समेत ध्यान दिएर प्रोटोकल तयार पारि उडान सुरु गरिने तयारी गरिएको छ । 

यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडान खोल्ने तयारी थालिएको र त्यसपछि अगस्त दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान पनि खोल्ने तयारी भएको जानकारी दिएका थिए । हाल कोभिड–१९ को जोखिम न्युनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी प्रोटोकल तयार गरि स्वीकृत भइसकेको अवस्था छ । त्यसैको आधारमा उडान सुचारु गरिने तयारी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ