४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आकर्षक गन्तव्य बन्यो ऐतिहासिक कुमारी मन्दिर

३ श्रावण २०७७, शनिबार ०५:४५

रमेश गिरी। साउन ३, भक्तपुर । केही महिना अगाडिसम्म सुँगुर, हाँस कुखुरा चर्थे । मध्यपुरथिमि नगरपालिका–७ बोँडेस्थित ऐतिहासिक कुमारी मन्दिर संरक्षणका लागि बसेकाले नै चारवटा टहरा बनाएर सुँगुर, हाँस कुखुरा पाल्न थालेपछि मन्दिर परिसरमा निकै दुर्गन्ध फैलिँदा स्थानीय पनि नियमित मन्दिरसम्म जाने आँट गर्दैनथे । 

हिलाम्मे दलदल र फोहर बनेपछि स्थानीयमाथि डिलमै बसेर मन्दिरलाई नियाल्थे । कतिपयले डिलबाटै फोहर फाल्थे । दैनिक फोहर फाल्दा डम्पिङ साइटको रुपमा परिणत बन्दै गएको थियो कुमारी मन्दिर परिसर । हरेक वर्ष बिस्केट जात्राको अवसरमा वैशाख १ गते राति खट जात्रा गर्ने पर्ने र २ गते जिब्रो छेडेपछि दिउँसो कुमारी मन्दिर घुमाउनै पर्ने परम्पराबाहेक अरु बेलामा प्रायः मन्दिर जाने आउने नै रोकिन्थ्यो । 

वर्षौं देखि डम्पिङ साइट बन्दै आएको यही ऐतिहासिक कुमारी मन्दिर परिसर अहिले आकर्षक पर्यटकीय गन्यव्यको रुपमा परिणत भएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण अभियानमा कुमारी मन्दिर परिसरको दुर्दशा देखेपछि शुरु भएको संरक्षण अभियानले सार्थकता पाउँदा आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । 

नगरपालिकाको कूल रु एक करोड ६५ लाखको लागतमा कुमारी मन्दिर परिसर सुधार उपभोक्ता समितिले विभिन्न संरचना निर्माण तथा हराभरा बनेको हो । सुँगुर, हाँस कुखुरा पाल्नेको बस्ती सारिएको छ । मन्दिरबाट अलिक पर सार्वजनिक जग्गामा उनीहरुको बस्ती सारेर नगरपालिकाले मन्दिरको संरक्षण शुरु गरेको थियो । अहिले मन्दिरलाई रङरोगन गरेर चिटिक्क बनाइएको छ । मन्दिर परिसरमा आकर्षक पोखरी बनाइएको छ । भजन गाउने फल्चाअर्थात् आकर्षक पार्टी निर्माण गरिएको छ । सिँढी निर्माण गरिएको छ । दलदले हिलो भएको ठाउँमा माटो सम्याएर ढुङ्गा बिछ्याएको छ । 

करिब १० रोपनी क्षेत्रफलमा सीमाङ्कन गरेर वरिपरि डाँची अप्पाको इँटा प्रयोग गरी पर्खाल लगाएको छ । फल्चामा तेल्या इँटा प्रयोग गरेर कलात्मक र परम्परागत बनाएको छ । आकर्षक डबली पनि बनाएको छ । पहिरो जाने पाखामा ढुङ्गाको पर्खाल लगाएर पहिरो रोकिएको छ । फोहर फाल्ने भिरपाँखोलाई सफा गरी कार्पेट घाँस बिछ्याएको छ । दुबो रोपिएको छ । एकसाता यता यो दैनिक ५०० बढी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । 

मध्यपुरथिमिलाई जीवित सङ्ग्रहालय बनाउने अठोटका साथ नगरपालिका क्षेत्रभित्रका लोपोन्मुख सांस्कृतिक पर्व, परम्परा, नाच, बाजा, सम्पदा, मठमन्दिरको संरक्षणमा जुट्नु भएका नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “म सानो छँदा कहिलेकाहीँ खेल्न जाने ऐतिहासिक कुमारी मन्दिर परिसर जीर्ण बनेको देखेपछि मनले मानेन, त्यसै पनि सम्पदा संरक्षणको अभियान शुरु गरेकाले अर्को साल भन्न मन लागेन स्थानीयसँगको सुझावमा कुमारी मन्दिर क्षेत्रलाई नयाँ जीवन दिएका छौँ ।”

उहाँले मध्यपुरथिमि क्षेत्रमा जीर्ण बनेको मठ, मन्दिर, पोखरी, ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्वारलाई तीव्रता दिने बताउनुभयो । उहाँले फोहर फाल्ने ठाउँमा परिणत भइसकेको यस क्षेत्रको संरक्षणले नगरवासीलाई सम्पदा संरक्षणमा थप जिम्मेवार बनाउने बताउनुभयो ।

केहीदिन अघि मात्रै भव्यरुपमा निगुः पुखु उद्घाटन गरेको नगरपालिकाले बोडेको कमल पोखरीको समेत संरक्षण शुरु गरेको छ । बोडेका स्थानीय दिलकृष्ण प्रजापतिले डम्पिङ साइटको रुपमा रिणत भएको कुमारी मन्दिर क्षेत्र हेर्दाहेर्दै सुन्दर, आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा परिणत भएको बताउनुभयो । 

यसले सम्पदामा स्थानीयको माया हुनुपर्छ भन्ने सन्देश दिएको बताउँदै स्थानीयले चासो नदिँदा सम्पदा जीर्ण भन्ने भएकाले स्थानीयको चासो र नगरपालिकालाई जिम्मेवार बनाउन सके विकास टाढा नहुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ