२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिममा रोपाइँ समयमै सकिँदै

३ श्रावण २०७७, शनिबार ०८:००

साउन ३, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गत असार महिनासम्म ९१ दशमलब ५९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि रोपाइँ पनि समयमै सकिन लागेको क्षेत्रीय कृषि विकास निर्देशनालयले दीपायलले जनाएको छ । "पाखो जग्गामा बाहेक सवै जग्गामा धान रोपाइँ सकिएको छ,  निर्देशक यज्ञराज जोशीले भन्नु भयो, समयमै वर्षा हुँदा रोपाइँ गर्न पनि किसानलाई सहज भएको छ ।"

प्रदेशमा गतजेठदेखि असार महिनासम्म अन्य प्रदेशको तुलनामा  कम वर्षा भएको छ । निर्देशनालयका अनुसार गत असार २८गतेसम्म प्रदेशको तराईको जिल्ला कैलालीमा रोपाइँ गरिने जग्गामध्ये ९३ दशमलब पाँच  र कञ्चनपुरमा ९६ दशमलब पाँच प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको छ । यसैगरी पहाडी जिल्ला डोटीमा ८२, अछाममा ८५, बाजुरामा ८०, बझाङमा ८५, बैतडीमा ९०, दार्चुलामा ८८ र डडेलधुरामा ९० प्रतिशत क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशममा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ गर्ने गरिएको छ । सबैभन्दा बढी कैलालीमा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको छ । कोभिड—१९का कारण विदेशवाट घर फर्किनेहरु बढ्दा पहाडी जिल्लामा यस वर्ष रोपाइँ गर्न जनशक्तिको अभाव  नभएको कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । 

पुग्नेगरी वर्षा भएको र लकडाउनका कारण परिवारका सबै सदस्यले घरमै बस्नु पर्दा रोपाइँ गर्न पनि सहज भएको धनगढी उपमहानगरपालिका—१३का मोहनराज पाण्डेयले बताउनुभयो । गत वर्ष असार महिनासम्म प्रदेशमा ६८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । प्रदेशमा अधिकांश क्षेत्रफलको जग्गामा आकासे पानीको भरमा रोपाइँ हुने गरेको छ । प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्ष भरी सिँचाई हुने गरेकोमा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ ।

यसै बीच रोपाइँ गरिएको खेतमा रसायनिक मल युरिया छर्ने समय भइसकेको भएपनि   मलको अभाव हुँदा समस्या भएको कृषकले बताएका छन् । सीमा नाकावाट विगतका वर्षमा भारतवाट भित्रिने रसायनिक मल यस वर्ष भित्रिन नपाएको कारण माग पनि बढ्न गई अभाव देखिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली