२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिममा रोपाइँ समयमै सकिँदै

२०७७, ३ श्रावण शनिबार ०८:००

साउन ३, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गत असार महिनासम्म ९१ दशमलब ५९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि रोपाइँ पनि समयमै सकिन लागेको क्षेत्रीय कृषि विकास निर्देशनालयले दीपायलले जनाएको छ । "पाखो जग्गामा बाहेक सवै जग्गामा धान रोपाइँ सकिएको छ,  निर्देशक यज्ञराज जोशीले भन्नु भयो, समयमै वर्षा हुँदा रोपाइँ गर्न पनि किसानलाई सहज भएको छ ।"

प्रदेशमा गतजेठदेखि असार महिनासम्म अन्य प्रदेशको तुलनामा  कम वर्षा भएको छ । निर्देशनालयका अनुसार गत असार २८गतेसम्म प्रदेशको तराईको जिल्ला कैलालीमा रोपाइँ गरिने जग्गामध्ये ९३ दशमलब पाँच  र कञ्चनपुरमा ९६ दशमलब पाँच प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको छ । यसैगरी पहाडी जिल्ला डोटीमा ८२, अछाममा ८५, बाजुरामा ८०, बझाङमा ८५, बैतडीमा ९०, दार्चुलामा ८८ र डडेलधुरामा ९० प्रतिशत क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशममा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ गर्ने गरिएको छ । सबैभन्दा बढी कैलालीमा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको छ । कोभिड—१९का कारण विदेशवाट घर फर्किनेहरु बढ्दा पहाडी जिल्लामा यस वर्ष रोपाइँ गर्न जनशक्तिको अभाव  नभएको कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । 

पुग्नेगरी वर्षा भएको र लकडाउनका कारण परिवारका सबै सदस्यले घरमै बस्नु पर्दा रोपाइँ गर्न पनि सहज भएको धनगढी उपमहानगरपालिका—१३का मोहनराज पाण्डेयले बताउनुभयो । गत वर्ष असार महिनासम्म प्रदेशमा ६८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । प्रदेशमा अधिकांश क्षेत्रफलको जग्गामा आकासे पानीको भरमा रोपाइँ हुने गरेको छ । प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्ष भरी सिँचाई हुने गरेकोमा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ ।

यसै बीच रोपाइँ गरिएको खेतमा रसायनिक मल युरिया छर्ने समय भइसकेको भएपनि   मलको अभाव हुँदा समस्या भएको कृषकले बताएका छन् । सीमा नाकावाट विगतका वर्षमा भारतवाट भित्रिने रसायनिक मल यस वर्ष भित्रिन नपाएको कारण माग पनि बढ्न गई अभाव देखिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा