२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुस्ताङका कोरोनासँगै पहिरो पीडितलाई राहत

२०७७, ३ श्रावण शनिबार ०८:२७

साउन ३, गण्डकी। मुस्ताङको लोमन्थाङस्थित पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड–१९ र प्राकृतिक विपत्तिमा परेकालाई राहत प्रदान गरेको छ । लोमन्थाङ गाउपालिका–३ मा स्थायीरुपमा सञ्चालन भई हिउँदको समयमा पोखरा महानगरपालिका–१८ खपौदीमा सञ्चालन हुँदै आएको गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैया प्रदान गरेको छ । 

प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा पोखरा महानगरपालिका ३२ लामे आहालस्थित राधाकृष्ण वृद्धाश्रम र पोखरा महानगरपालिका–२६ स्थित पैते डाडा पहिरो पीडितसमेतलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो । पोखरा २६ पैते डाडाका पहिरो पीडित करिव ५० घर परिवारलाई लक्षित गरी खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको पोखरा महानगरपालिका–२६ का वडाअध्यक्ष नारायण बरालले आभार व्यक्त गर्नुभयो ।

पाल ऐहाम नामग्याल गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो गुरुङले स्कुलका तर्फबाट कोरोना महामारी पीडितका साथै बाढी पहिरो पीडितलाई सहयोग गरिएको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आँफूहरूले राहत तथा सहयोग गरेको उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ