९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाग्मती प्रदेशद्वारा तीन स्थानीय तहमा अस्पताल निर्माण

३ श्रावण २०७७, शनिबार १२:१७

साउन ३, काभ्रेपलाञ्चोक। वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो ।

तीन स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको प्रदेशसभा सदस्य रत्न ढकालले बताउनुभयो । उहाँका अनुसार चौँरीदेउराली गाउँपालिका–५ भालुचौरमा निर्माण भइरहेको अस्पताल रु सात करोडको लागत निर्माण सम्पन्न हुनेछ । “भुकम्पप्रतिरोधी १५ श्यया क्षमताको अस्पताल निर्माण भइरहेको छ”, ढकालले भन्नुभयो ।

अस्पताल निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सुविधाका लागि सदरमुकाम धाइरहनुपर्ने बाध्यता हुट्ने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताउनुभयो । सुनकोशीपारीस्थित उक्त गाउँपालिकाको जनसङ्ख्या २० हजार ८२९ रहेको छ ।

यसैगरी, वाग्मती प्रदेशको क्रमागत बजेटबाट मण्डन देउपुर नगर र खानीखोलामा पनि १५ श्यया क्षमताकै अस्पताल निर्माण भइरहेको छ । खानीखोलामा करिब रु सात करोड तथा मण्डनदेउपुरमा रु १२ करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ । अस्पताल सञ्चालनको प्रारम्भिक चरणमा एक चिकित्सकको नेतृत्वमा नर्सिङ सेवा, प्यारामेडिक तथा प्रयोगशालासमेतको सुविधा प्रदान गरिनेछ । मण्डनदेउपुर नगरपालिका–७ स्थित अस्पतालबाट छिमेकी सिन्धुपाल्चोकको केही स्थानीय तहका बासिन्दालाई समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

वाग्मती प्रदेश सरकारमार्फत काठमाडौँ उपत्यकाबाहेक १० जिल्लाका सबै स्थानीय तहमा पाँचखेखि १५ श्ययाका अस्पताल निर्माण गर्ने योजना बनाइए पनि चालू वर्षदेखि केन्द्रीय सरकारमार्फत निर्माण हुने नीति बनाइएको सांसद गङ्गाबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार नयाँ नीतिअन्तर्गत हाल काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका र महाभारत गाउँपालिकामा अस्पताल निर्माण थालिनेछ । 

सरकारले ‘सुखी नेपाली–समृद्ध नेपाल’ अभियानअन्तर्गत एक स्थानीय तह एक सुविधासम्पन्न अस्पताल निर्माण थालेको हो । सरकारले आव २०७७÷७८ का लागि प्रस्तुत बजेटमा सबै स्थानीय तहमा स्थापना हुने अस्पताल निर्माका लागि रु १४ अर्ब विनियोजन गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता