साउन ४, काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजारमा पुनः सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार खुलेको २७ मिनेट नबित्दै नेप्से ५ प्रतिशत बढीले बढेसँगै सेयर बजारमा पुनः सर्किट लागेको हो ।
यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ । नेप्से सूचक ६९.९१ अंकले बढेर १४६४.६८ बिन्दुमा पुगेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।