९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको धितुङका किसानले शुरु गरे सामूहिक लिची खेती

५ श्रावण २०७७, सोमबार ०४:४२

साउन ५, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् ।

गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले १५ वर्षदेखि बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका छन् । शहर बजारमा बसिरहेका युवा बन्दाबन्दीको समयमा गाउँ आएपछि सामूहिकरूपमा बाँझो जग्गामा लिची खेती शुरु गरेका हुन् । 

लामो समयदेखि बाँझिएको व्यक्तिको जग्गा भाडामा लिएर व्यावसायिकरूपमा लिची खेती लगाइएको कृषक समूहका अध्यक्ष राजेश राईले बताउनुभयो । “दिनेश राईको अध्यक्षतामा नौ सदस्यीय लिची पकेट सञ्चालन समिति बनाएर गाउँलाई लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रयास शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “कृषक समूहमा आबद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामूहिक लिची खेतीमा लागेका छन् ।”

लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समूहले जनाएको छ । उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमति गरिएको कृषक समूहका अध्यक्ष राईले बताउनुभयो । 

धितुङमा लिचीको बिरुवा रोपेको केही समयपछि कृषि ज्ञान केन्द्रको अगुवाइमा केही समयअघि संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङलगायतको टोलीले अनुगमन गरेको थियो । कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको रु आठ लाख अनुदानमा किसानको रु आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो । 

बन्दाबन्दीको समयमा गाउँ आएका जिल्लाका विभिन्न ठाउँका स्थानीय युवाले बाँझिएको जग्गा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती, ड्रागन फ्रुटलगायतका फलफूलका बोटबिरुवा रोप्ने काम गरिरहेका छन् । महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोका रूपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीय बासिन्दा गाउँमै केही गर्नुपर्नेमा अग्रसर देखिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता