९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा झापाका किसान चिन्तित

५ श्रावण २०७७, सोमबार ०४:४८

साउन ५, झापा। झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । 

“रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनुपर्नेमा सबै रातो देखिन्छ”, स्थानीय ४३ वर्षीय किसान सुवेदबहादुर भुजेल टाउकोमा हात राख्दै भन्नुहुन्छ, “गर्भैमा रोग लाग्यो, सबै धान सखाप भयो अब के खानु ।” उहाँलगायत सारु गौडाका अन्य १० जना किसानले २५ बिघा जमीनमा लगाएको धानमा यो समस्या देखा परेको छ । महँगो खनजोत, मल र बीउको प्रयोग गरी रोपेको धान सुकेपछि किसानमा थप चिन्ता बढेको छ । उहाँले गत वर्ष पनि धानमा सो समस्या देखा परेको र औषधि छिट्दा ठीक भएको बताउँदै भन्नुभयो, “धानको गुभोमा लाभ्रेजस्तो किरा देखियो, औषधि छिट्दासमेत मरेन । अगुवा रोपाइँ थियो दुई बिघा सबै सखाप भयो ।” 

उहाँले तीन बिघा जमीनमा रञ्जित धान लगाएको बताउनुभयो । दुई बिघामा लगाएको धान सखाप भए पनि बाँकी रहेको कसरी बचाउने भन्ने चिन्तामा उहाँ देखिनुहुन्छ । उहाँले धानमा कुन रोग लागेको र के औषधि छिट्नुपर्छ भन्नेबारे जानकारी नहुँदा समस्या भएको बताउनुभयो । 

स्थानीय सरकारको ध्यान कृषितर्फ भन्दा पनि बाटो, पुल, कल्भर्टलगायत भौतिक पुनःसंरचनामा देखिँदा किसान मारमा परेको स्थानीय सामाजसेवी गोविन्द न्यौपानेको आरोप छ । कृषकको बालीमा लागेको रोग, मल बीउ, प्राविधिक र सिँचाइका समस्यामा स्थानीय सरकारले चासो दिनुपर्ने उहाँको भनाइ छ । “किसानलाई प्राविधिक ज्ञान छैन”, उहाँ भन्नुहुन्छ, “धानमा के समस्या आउँदा कस्तो औषधि छिट्ने भन्ने विज्ञबाट स्थानीय सरकारले बेलैमा तालीम दिएको भए किसान आफैँले सानोतिनो रोगको निदान गर्न सक्थे, आज यस्तो समस्या आउँदैन थियो ।”

कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जिल्लामा कुनै पनि किसानले रोगका कारण धान मरेको जानकारी नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग विज्ञ प्राविधिक छन्, समस्याबारे जानकारी पाए प्राविधिक पठाएर औषधिको व्यवस्था गर्ने थियौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता