२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध

२०७७, ५ श्रावण सोमबार ०८:३२

कृष्ण न्यौपाने। साउन ५, दमौली। पहिराले तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरा झरेपछि डुम्रे–वेशीशहर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको हो ।

भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिराले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । निरन्तर वर्षा भएकाले पहिरा हटाउन केही समय लाग्ने जनाइएको छ । 

यस्तै वर्षाका कारण पहिरा गएपछि तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको छ । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुग्लिङ–कोत्रे सडखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् ।  ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको हो । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरा हटाउन समय लाग्ने बताइएको छ । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–कोत्रे सडकखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ अभियान

विभिन्न अपराधमा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीविरुद्ध जिल्ला प्रहरी कार्यालयले विशेष अभियान चलाएको छ । हालैमात्र सरुवा भई आउनुभएका प्रहरी उपरिक्षक अरुण पौडेलले पत्रकार सम्मेलनका क्रममा फरार प्रतिवादी पक्राउ गर्नेतर्फ विशेष ध्यान हुने बताउनुभएको थियो । लगत्तै प्रहरीले धमाधम फरार प्रतिवादी पक्राउ गर्न थालेको छ ।

गत असार तेस्रो सातादेखि मात्रै जिल्लामा १० जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् । सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसारलगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैक्रममा आइतबार तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउपर्नेमा बहुविवाह, चोरी र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।

बहुविवाह मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका एक प्रतिवादी १५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउपर्नेमा म्याग्दे गाउँपालिका–२ बस्ने ३६ वर्षीया शशि थापा रहेको उहाँले बताउनुभयो ।  थापालाई आइतबार निजकै घरबाट पक्राउ गरिएको थियो । बहुविवाह मुद्दामा जिल्ला अदालतले उनलाई विसं २०६२ भदौ २५ गते एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका थापालाई आज नै अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार बाँकी रहेको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यसैगरी लागुऔषध मुद्दामा फरार प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउपर्नेमा आँबुखैरेनी गाउँपालिका–२ ढकालटार बस्ने २२ वर्षीय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङलाई जिल्ला अदालतले विसं २०६३ असोज ६ गते १० महिना २५ दिन कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । निजलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । गुरुङलाई पनि जिल्ला अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

त्यसैगरी प्रहरीले चोरी उद्योग मुद्दामा कैद भुक्तान गर्न एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा म्याग्दे गाउँपालिका–४ बस्ने ४५ वर्षीय मनबहादुर आले रहेका छन् । जामुनेस्थित बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा सुरक्षाकर्मीका रुपमा कार्यरत आलेले सहकारीको साँचो फोडेर चोरी गर्ने प्रयास गरेका थिए ।

चोरी उद्योग मुद्दामा तत्काल धरौटी राखी छुटेका आलेविरुद्ध जिल्ला अदालतले विसं २०७६ पुस २९ गते एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । तोकिएको कैदबाट ११ महिना ११ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाले पक्राउ परेका आलेलाई कैद भुक्तानका लागि कारागारा चलान गरिएको छ ।

यस्तै प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका–२ बस्ने ५२ वर्षीय उदयराज खनाललाई २४ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालतको विसं २०५३ भदौ २४ गतेको फैसलाअनुसार खनाललाई सात दिन कैद फैसला भएको थियो । निज बाँकी रहेको कैद भुक्तान नगरी फरार रहेकाले घरबाटै पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै लागुऔषध मुद्दाका प्रतिवादी आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय युवराज गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका प्रतिवादीको खोजीकार्यमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो