९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ बाट नियमित सुरु गर्ने निर्णय

५ श्रावण २०७७, सोमबार १५:५९

मनोज पराजुली  साउन ५ काठमाडौं । सरकारले आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ बाट आन्तरिक तथा बाहृय हवाई उडान नियमित रुपमा पुन: सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साझा सवाललाई जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो । त्यस्तै चैत्र ११ गतेबाट नियमित आन्तरिक उडानको बन्द गरिएको थियो । 

अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडानसम्बन्धी कार्यतालिका तथा प्रोटेकल बनाउनेछ मन्त्री भट्टराईले भने 'त्यसपछि सबै आन्तरिक तथा बाहृय हवाई उडान नियमित रुपमा संचालन हुनेछ ।' 

सरकारले नियमित अन्तराष्ट्रिय हवाई उडान बन्द गर्दा हजारौं नेपाली स्वदेश फर्कन पाएका छैनन् । केहि मात्रामा चार्टड उडान गरिएपनि महँगो भएका कारण समस्यामा परेका सबै नेपाली स्वदेश फर्कन पाएका छैनन् । हालसम्म विभिन्न ५४ देशबाट २७ हजार ५ सय ३२ जना स्वदेश फर्किन पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता