२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा

६ श्रावण २०७७, मंगलवार ०७:३९

साउन ६, बनेपा। कोभिड–१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् । सरकारले जिल्लाभित्र मात्रै भौतिक दूरी कायम राख्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने निर्णय गरेसँगै काभ्रेपलाञ्चोक जिल्लामा गणेश हिमाल तराई यातायात प्रालिले बिपी राजमार्गको बनेपा–भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमाना आँपघारीसम्म सेवा दिन थालेका हुन् ।

प्रालिका अध्यक्ष आत्माराम थापाले सरकारले तोकेको मापदण्डभित्र रहेर सञ्चालन गर्ने गरी बस सञ्चालन गरी सेवा दिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै बस पूर्णरुपमा चलेका छैनन्, तर हामीले जिल्लाभित्रका रुटमा असार २७ गतेबाट अलिअलि भए पनि निरन्तर सञ्चालन गर्न थालेका छौँ ।” 

काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाँच वटा यातायात प्रालिमध्ये चार वटा समितिले भने महासङ्घले गरेको निर्णयअनुसार आगामी साउन ८ गतेबाट मात्रै सेवा दिने जनाएको छ । 

काभ्रे यातायात समन्वय समितिले भने यातायात महासङ्घले गरेको निर्णयअनुसार यही साउन ८ गतेबाट मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सबै यातायात प्रालिलाई आग्रह गरेको छ । काभ्रे यातायात समन्वय समितिका अध्यक्ष एवं सिन्धु–हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठले जिल्लामा रहेको पाँच वटा समितिले महासङ्घले गरेको निर्णयअनुसार मात्रै सेवा दिने तयारीमा रहेको बताउनुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग यसअघि गरेको छलफलमा भाडादरमा ७५ प्रतिशत वृद्धि गर्नुपर्ने र अन्तर जिल्ला सञ्चालन गर्न पाउनुपर्नेलगायतको विषयमा थप छलफल भइरहेकाले आगामी ८ गतेदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो । गाडी मर्मत गर्ने, मजदूरको कोरोना बीमाको लागि प्रक्रिया अगाडि बढाउने र कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै मजदूरका लागि बनेपामा ३० श्याको क्वारेन्टिन बनाउने तयारीमा काभ्रे यातायात समन्वय समिति जुटिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य