२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोसाइँकुण्ड पदमार्गका होटल सञ्चालनमा

८ श्रावण २०७७, बिहीबार ०८:४८

साउन ८, त्रिशूली । नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको ‘लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल व्यवसायी सरोकार समिति’का उपाध्यक्ष पेम्बा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले यही साउन १५ देखि होटल व्यवसाय सुचारु गर्ने जनाए पनि साउन १० गते नागपञ्चमीदेखि गोसाइँकुण्ड जान नुवाकोटस्थित पदमार्गमा धर्मालम्बी आउने अपेक्षासहित होटल सञ्चालनमा ल्याइएको छ । ‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर थप सेवा र सुविधासहित सञ्चालित होटल कोभिड–१९ को जोखिमका कारण बन्द भएकोमा बन्दाबन्दी खुला भएसगैँ सञ्चालन गरिएको छ ।” लामा गेष्ट हाउस तथा रेष्टुरेन्टका सञ्चालक समेत रहनुभएका पेम्बा लामाले भन्नुभयो, “पैदलमार्फत सुन्दरीजलबाट नुवाकोटकोे घ्याङफेदी हुदैँ गोसाइँकुण्ड जाने तीर्थयात्री सुरक्षा, खाद्यान्न, पथप्रदर्शक, भरिया, प्राथमिक स्वास्थ्य उपचारलगायतको व्यवस्था समेत होटल सञ्चालक व्यावसायीले मिलाएका छन् ।”

निकुञ्ज क्षेत्रमा नुवाकोटतर्फ सुविधा सम्पन्न सातवटा होटल सञ्चालनमा छन् भने पदमार्गमा साना–ठूला दुई दर्जन भन्दा बढी होटल तथा रेष्टुरेन्ट रहेका छन् । ती अधिकाांश सञ्चालनमा आउन शुरु भएको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

हिन्दू र बौद्ध धर्मालम्बीको अस्थाको केन्द्र गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा लाग्ने मेलाको स्नान नागपञ्चमीदेखि नै शुरु हुने गर्दछ ।  गोसाइँकुण्ड पुग्न रसुवाको धुञ्चेहँुदै जाने पदमार्ग मुख्य हो भने विकल्पमा दुई दशकअघि नुवाकोटको घ्याङ्फेदीबाट खोलिएको पदमार्ग सुन्दरीजल (काठमाडौँ)बाट शुरु हुने गर्दछ । 

गाउँपािलका अध्यक्ष तामाङका अनुसार काठमाडौँको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गनीगोठ हँुदै छहरेपाटी, घोप्टेभीरबाट सिधँै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्न सकिने छ । उक्त पदमार्ग हँुदै सुन्दरीजलबाट गोसाइँकुण्ड दुई दिनमा सजिलै पुगिन्छ । जेठ महिनामा पर्ने दशहरा पर्व कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भए पनि जनैपूर्णिमा पर्वमा आंशिक रुपमा तीर्थयात्री सहभागी हुने अपेक्षाको साथमा भन्दै पदमार्गमा पर्ने होटल व्यवसायी सेवा सञ्चालनको लागि तयारीमा जुटेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान