२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मौद्रिक नीतिले हस्तकला व्यवसायलाई सम्बोधन

२०७७, ८ श्रावण बिहीबार ०९:१९

साउन ८, काठमाडौँ । वार्षिक रु २० अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको हस्तकला व्यवसायलाई आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले सम्बोधन गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण धरासायी बनेको हस्तकला व्यवसायलाई मौद्रिक नीतिले थोरै भएपनि सम्बोधन गरेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । 

महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदी आर्थिक वर्ष २०७७/७८ को बजेटमा गरिएका व्यवस्था कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्ने गरी व्यवहारिक विषयवस्तुलाई समेत सम्बोधन गरी मौद्रिक नीति जारी हुनु स्वागतयोग्य कदम भएको बताउनुहुन्छ । 

“कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा व्यवस्था गरिनु, असारसम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिट आगामी पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गर्नु, कोभिड–१९ बाट कम, मध्यम र अति प्रभावित भएको पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई पुस मसान्तसम्म भुक्तानी गर्ने व्यवस्था मिलाउनु व्यवहारिक छ”, उहाँ भन्नुहुन्छ । 

निर्यातकर्ताको निकासी अर्डर रद्द भएको र उत्पादित सामान बिक्रीहुन नसकी मौज्दात रहेको अवस्थामा उद्यमी व्यवसायीलाई मौद्रिक नीतिले राहत पुगेको महासङ्घले जनाएको छ । विदेशी मुद्रा प्राप्त भएपछि नेपाली निर्यातकर्ताको नाममा अग्रिम भुक्तानीको प्रमाणपत्र जारी गरिसक्नुपर्ने समयसीमा एक महिनाबाट बढाएर चार महिना कायम गर्ने व्यवस्था सकारात्मक रहेको निमित्त महानिर्देशक सुवेदी बताउनुहुन्छ । 

महासङ्घले नेपाली निर्यातकर्ताले सम्बन्धित निकायको स्वीकृति लिई विदेशमा विभिन्न प्रदर्शनी, व्यापारमेला आदिमा नेपाली वस्तु बिक्री गरेवापत प्राप्त नगद विदेशी मुद्रा नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको निर्यातकर्ताको विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिने व्यवस्था राम्रो भएको बताएको छ । 

महासङ्घले अध्यक्ष सुरेन्द्रभाइ शाक्यको नेतृत्वमा आव २०७७/७८ को मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने विषय समावेश गर्न असार १७ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेको थियो । हस्तकला क्षेत्रमा हाल १० लाखभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारीमा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा