९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मौद्रिक नीतिले हस्तकला व्यवसायलाई सम्बोधन

८ श्रावण २०७७, बिहीबार ०९:१९

साउन ८, काठमाडौँ । वार्षिक रु २० अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको हस्तकला व्यवसायलाई आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले सम्बोधन गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण धरासायी बनेको हस्तकला व्यवसायलाई मौद्रिक नीतिले थोरै भएपनि सम्बोधन गरेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । 

महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदी आर्थिक वर्ष २०७७/७८ को बजेटमा गरिएका व्यवस्था कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्ने गरी व्यवहारिक विषयवस्तुलाई समेत सम्बोधन गरी मौद्रिक नीति जारी हुनु स्वागतयोग्य कदम भएको बताउनुहुन्छ । 

“कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा व्यवस्था गरिनु, असारसम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिट आगामी पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गर्नु, कोभिड–१९ बाट कम, मध्यम र अति प्रभावित भएको पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई पुस मसान्तसम्म भुक्तानी गर्ने व्यवस्था मिलाउनु व्यवहारिक छ”, उहाँ भन्नुहुन्छ । 

निर्यातकर्ताको निकासी अर्डर रद्द भएको र उत्पादित सामान बिक्रीहुन नसकी मौज्दात रहेको अवस्थामा उद्यमी व्यवसायीलाई मौद्रिक नीतिले राहत पुगेको महासङ्घले जनाएको छ । विदेशी मुद्रा प्राप्त भएपछि नेपाली निर्यातकर्ताको नाममा अग्रिम भुक्तानीको प्रमाणपत्र जारी गरिसक्नुपर्ने समयसीमा एक महिनाबाट बढाएर चार महिना कायम गर्ने व्यवस्था सकारात्मक रहेको निमित्त महानिर्देशक सुवेदी बताउनुहुन्छ । 

महासङ्घले नेपाली निर्यातकर्ताले सम्बन्धित निकायको स्वीकृति लिई विदेशमा विभिन्न प्रदर्शनी, व्यापारमेला आदिमा नेपाली वस्तु बिक्री गरेवापत प्राप्त नगद विदेशी मुद्रा नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको निर्यातकर्ताको विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिने व्यवस्था राम्रो भएको बताएको छ । 

महासङ्घले अध्यक्ष सुरेन्द्रभाइ शाक्यको नेतृत्वमा आव २०७७/७८ को मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने विषय समावेश गर्न असार १७ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेको थियो । हस्तकला क्षेत्रमा हाल १० लाखभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारीमा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता