२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अङ्कले बढ्यो शेयर

२०७७, ८ श्रावण बिहीबार ११:५५

साउन ८, काठमाडौँ । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार ४४२.६१ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अङ्कले बढेर ३०३.९० मा पुगेको छ । आज कुल १८७ कम्पनीका ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर रु एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ मा खरिदबिक्री भए । 

कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेको छ । विकास बैंक ३.६५ र सामूहिक लागनी कोष ०.०४ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ३, व्यापार ७.९४, होटल ४२.५५, जलविद्युत् ६.६२, वित्त १.४९, निर्जीवन बीमा १८५.७, उत्पादन १७.८५, अन्य ४.७७, लघुवित्त २७.६५ र जीवन बीमा १५४.६७ अङ्कले बढेको छ । 

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड ३२ लाख ३९ हजार ६७९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १० करोड २९ लाख ५६ हजार ८५३, शिखर इन्स्योरेन्सको रु आठ करोड पाँच लाख १८ हजार ८९६, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था रु सात करोड ७० लाख चार हजार ९५ र एनएमबी बैंकको रु छ करोड ३२ लाख २२ हजार ६९ मा खरिदबिक्री भयो । 

आज सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल र मिर्मिरे लघुवित्त विकास बैंकका शेयरधनीले समान १०÷१० प्रतिशतले कमाए । यस्तै ओरियन्टल होटल ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.४४, वेष्ट फाइनान्स सात र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६.७० प्रतिशतले कमाए । 

मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५.३६ प्रतिशतले गुमाए । यस्तै हिमालय ऊर्जा विकास कम्पनी ५.१०, सिन्धु विकास बैंक ४.५८, जोशी हाइड्रोपावर ३.७५, सानिमा बैंक ३.३०, एनआइसी एसिया ब्यालेन्स फण्ड २.३१ र नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले २.२४ प्रतिशतले गुमाए । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो