२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वायुसेवा कम्पनी भन्छन्: ढुक्कले जहाज चढ्नुस्

२०७७, ८ श्रावण बिहीबार १५:०८

साउन ८, काठमाडौँ | सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् ।

कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन् । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलाइन्सलगायतले आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाउनका लागि स्वास्थ्य प्रोटोकललगायत मापदण्डको अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

बुद्ध र यतीले दुई महिनाअघि देखि कोभिड महामारीबाट कसरी सुरक्षित उडान गर्ने भनेर कर्मचारी तया यात्रुका लागि अभ्यास उडान ‘डेमो’ उडान गर्दै आएका छन् । सातामा दुई पटकसम्म अभ्यास उडान गरिँदै आएको कम्पनीले जनाएका छन् । हवाई यात्रा गर्नेले अनिवार्य मास्क, फेससिल्ड, सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । मास्क र सेनिटाइजर कम्पनीले उपलब्ध गराउनेछ भने फेससिल्डको कम्पनीले रकम लिनेछ ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले हवाई सेवा कम्पनी आवश्यक स्वास्थ्य मापदण्डका साथ सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको बताउनुभयो । वायुसेवा कम्पनीले प्रोटोकल बनाएको र एयरलाइन्सका कर्मचारी तथा यात्रुले प्रभावकारी रुपमा पालना गरेको खण्डमा महामारीको जोखिम कम हुने उहाँको भनाइ छ ।

स्वास्थ्य सतर्कता अपनाएर सुरक्षित उडान सेवा दिन वायुसेवा कम्पनी पनि तयारी अवस्थामा छन् । उनीहरुले आफ्ना कर्मचारी तथा यात्रुलाई महामारीसँग जुधेर कसरी सुरक्षित हवाई यात्रा गर्ने भन्नेबारे अभ्यास उडान पनि गरिसकेका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोभिड महामारीबाट थलिएको हवाई क्षेत्रलाई चलायमान बनाउन आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा शुरु गर्न कम्पनीले तयारी गरिसकेको बताउनुभयो ।

लामो समयपछि उडान खोल्ने सरकारको निर्णयले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको भन्दै उहाँले आवश्यक सुरक्षा मापदण्डका साथ सेवा पुनःसञ्चालन गरिने उल्लेख गर्नुभयो । प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, “सुरक्षा प्रोटोकल सबैले बनाएका छौँ, नियामक निकायको एकीकृत स्वास्थ्य मापदण्ड र योजना अनुरुप आन्तरिक वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्छौ, यात्रुको सुरक्षा र सहुलियतलाई पनि प्राथमिकतामा राखेका छौँ ।”

बुद्ध एयरले सामान्य अवस्थामा दैनिक छ हजारसम्म यात्रु व्यवस्थापन गरेको  थियो । कम्पनीले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले सुरक्षित आन्तरिक उडानका सबैखालले तयारी गरिएको जनाएको छ । कर्मचारी तथा यात्रुलाई सुरक्षित तुल्याउन कम्पनी पूर्ण तयारी अवस्थामा रहेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले बताउनुभयो ।

यती एरलाइन्स र यतीकै भगिनी संस्था तारा एरलाइन्सका सिइओका रुपमा हालै जिम्मेवारी सम्हाल्नुभएका रिमालले कोभिड सङ्क्रमणमुक्त भएपछि कम्पनीको व्यावसायिक योजना सार्वजनिक गरिने बताउनुभयो । “हामीले दुई महिनादेखि उडान तयारी गरेका छौँ, हाम्रो सेफ्टी डिपार्टले प्रोटोकल बनाएको छ, स्वास्थ्य सुरक्षा मापदण्ड अपनएका छौँ, त्यसैले यात्रुलाई हाम्रो आग्रह छ ढुक्कले जहाज चढ्नुस”, सिइओ रिमालले भन्नुभयो ।

कम्पनीले सबै विमानस्थलमा हुने उडान सेवामा स्वास्थ्य मापदण्ड पालना गराएको छ । सातामा दुई दिन अभ्यास उडान गर्दै आएको छ । यात्रुको तापक्रम नाप्ने, सेनिटाइजर उपयोग गर्ने तथा सामाजिक दूरी कायम गरी मास्क तथा फेसशिल्डको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यतिले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ । कम्पनीले सामान्य अवस्थामा दैनिक ७० उडान गथ्र्यो भने आगामी उडान दैनिक १५ देखि २० सम्म हुने आँकलन गरेको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले कोरोनाका बीच सुरक्षित उडानका लागि कम्पनीले स्वास्थ्य मापदण्ड बनाएर अभ्यास उडान गरिरहेको जानकारी दिनुभयो । यो कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले पनि सुरक्षा प्रोटोकल बनाएर आन्तरिक उडानको तयारी गरेका छन् ।

विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

बन्दाबन्दीपछि झण्डै पाँच महिनापछि मुलुकको उड्डयन क्षेत्र पुनः चलायमा हुँदैछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले देशभर लागू गरेको बन्दाबन्दीका कारण मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान ठप्प भए । गत चैत ९ गतेदेखि पछिल्लो पटक साउन ६ गतेसम्म १२० दिन व्यावसायिक उडान भएनन् । तथापि, बन्दाबन्दीको अवधिमा अन्तरराष्ट्रिय तथा आन्तरिक चार्टर्ड उडान भए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ दैनिक १६ वटासम्म तथा आन्तरिकतर्फ पनि कुनै दिन १४ देखि १६ सम्म उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि अन्तरराष्ट्रियतर्फ दैनिक उल्लेख्य सङ्ख्यामा उडान भए । गत जेठ २३ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्धारका लागि २०० भन्दा बढी चार्टर्ड उडानमार्फत ३४ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा