२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सार्वजनिक सवारी त चले, तर यात्रु भएनन्

२०७७, ९ श्रावण शुक्रबार ०४:४५

साउन ९, काठमाडौं । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् ।  यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका  छन् ।

केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ । आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन । 

बिहीबार उपत्यकाका विभिन्न स्थानमा पुग्दा सवारी साधन सडकमा  सवारी साधनको सङ्ख्या पनि कम देखिन्थ्यो । त्यसो त सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायतका प्रतीक्षालयमा कार्यालय समयमा पनि थोरै मात्रै यात्रु देखिन्थे । सडकमा गुडिरहेका बस, माइक्रो, ट्याम्पोलगायतका सवारी साधनमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु देखियो । 

अधिकांश सवारी साधनमा चालक, सहचालक र यात्रुले माक्स र स्यानेटाइजरको प्रयोग गरेको देखियो भने कतिपय चालक भाइजर नलगाएको देखिन्थ्यो ।  सरकारले झण्डै चार महिना पहिलेदेखि जारी राखेको बन्दाबन्दी बुधबारदेखि सकियो । बन्दाबन्दीकै अवधिमा लागू निजी सवारी साधनमा जोर÷बिजोर प्रणाली हटाइएसँगै सडकमा निजी सवारी साधन बढ्न थालेको हो । सडकको चाप थोरै मात्रै बढेको पाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षा नपनाउने चालक सहचालकलाई ‘होल्ड’ मा लिइएको महाशाखाका  प्रवक्ता दानदेव गौतमले जानकारी दिए । उपत्यकाभर ती दुई दिनमा झण्डै ३१ सवारी साधनलाई ‘होल्ड’ गरिएको हो । उनले भने, “स्वास्थ्य सावधान नअपनाउने सवारी साधनलाई दिनभर होल्ड गराएर साँझ मात्रै छाड्ने गरिएको छ ।”

बिहीबार मात्रै स्वास्थ्य सावधान नअपनाएकोमा १६ बस, १४ ट्याक्सी र एउटा ट्याम्पोलाई होल्ड गरिएको थियो । सरकारले कोभिड–१९ को जोखिम मध्यनजर गर्दै सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्ने निर्णय गरे पनि यी सवारी साधनले त्योभन्दा बढी राखेको पाइएको प्रवक्ता गौतमले बताए । कतिपय सवारी साधनमा चालक र सहचालकले माक्स, पञ्जा, भाजरलगायतका सुरक्षा सामग्रीको प्रयोग नगरेको पाइएकाले होल्ड गरिएको हो । उनले भने, “ट्राफिक प्रहरीले सकेसम्म सम्झाउने र नमानेको अवस्थामा मात्रै होल्ड गरेको छ ।”

उपत्यकामा चक्रपथ र चक्रपथभित्रका सडकमा अधिकांश सवारी साधनमा यात्रु कम देखिए पनि उपत्यका नजिकका बस्ती९काँठ क्षेत्र० सम्म जाने बसमा यात्रु बढी राखेको देखिन्थ्यो । बस, माइक्रोलगायतका सवारी साधन ज्यादै कम सङ्ख्यामा चलेकाले चढ्न बाध्य भएको यात्रुको भनाइ छ । प्रवक्ता गौतमले भने ट्राफिक प्रहरीले अनुगमन गरिरहेको र क्षताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा कारवाही गरिएको बताए । 

केही दिन पहिले मात्रै यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादूर हमाल, यातायात व्यवसायी र मजदूर सङ्गठन र काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुखसमेत सहभागी भएर बैठक भएको थियो । बैठकमा स्थानीय तहले आआफ्नो क्षेत्रमा बस रोक्ने ठाउँमा पानी र साबुनको व्यवस्था गर्ने सहमति भएको थियो । त्यसो त कतिपय स्थानमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कोभिड–१९ को जोखिम शुरु भएदेखि नै साबुनपानीको व्यवस्था गरेको थियो । अहिले कतिपय पालिकाले थप स्थानमा साबुनपानी व्यवस्थापन गर्न थालेका छन् । काठमाडौँ महानगरपालिकाले ठाउँठाउँमा स्यानेटाइजरको व्यवस्था गर्ने जनाएको छ । 

सरकारले सार्वजनिक सवारी साधन सञ्चालनको निर्णय गरेको झण्डै दुई साता पछि यातायात व्यवसायले सवारी साधन सञ्चालन गरेका थिए । त्यसो त गत सातादेखि नै सरकार लगानीको साझा यातायातसँगै मयूर यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायतका कम्पनीले सवारी साधन चलाउन शुरु गरिसकेका थिए । सरकारले निर्णय गरे पनि यात्रु र चालकको स्वास्थ्यको सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै व्यवसायी महासङ्घको आह्वानमा अधिकांश कम्पनीले सवारी साधन सडकमा निकालेका थिएनन् । 

अहिलेका लागि मर्मत भएका सवारी साधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ । सरकारले साउन भर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारी साधन चलाउन पाउने निर्णय गरेको छ । महासङ्घले सबै रुट खुल्ला गर्नुपर्ने यातायात व्यवस्था विभागमा भनिरहेका नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले भने, “कोह व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नुहुँदैन ।”

यातायात व्यवस्था विभाग, व्यवसाय र मजदूरबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमति भएको थियो । यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको छ । त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानेटाइजर, पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो