९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना प्रभावित युवालाई कृषिका माध्यमबाट स्वरोजगार

१० श्रावण २०७७, शनिबार ०३:१३

साउन १०, कास्की | कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना प्रभावित युवालाई कृषिमा अभिप्रेरित गर्दै स्वरोजगार बनाउने लक्ष्य लिएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ युवालाई कृषिमा आकर्षण गराउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रकोपबाट सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उहाँले बताउनुभयो । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबाली पकेट क्षेत्रको रूपमा घोषणा गर्ने गाउँपालिकाको तयारी छ ।

मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने कुँवरले बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने उहाँले बताउनुभयो ।

“कृषिको आधुनिकीकरणका लागि यान्त्रिक हलो, प्लाष्टिक टनेल र सिँचाइ पाइपका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “फलफूल तथा नगदे बालीका लागि सर्वसाधारणलाई प्रोत्साहित गर्न सुन्तला र कागतीका बिरुवामा ५० प्रतिशत अनुदान दिएका छौँ भने अलैँचीका बिरुवामा ७५ प्रतिशत अनुदान दिएका छौँ ।”

गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषिउपजलाई बजारीकरणका गर्न ढिकुरपोखरी र नयाँपुलमा कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो । ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाको लागि प्रदेशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अघि बढाउने गाउँपालिकाको तयारी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल