२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना प्रभावित युवालाई कृषिका माध्यमबाट स्वरोजगार

२०७७, १० श्रावण शनिबार ०३:१३

साउन १०, कास्की | कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना प्रभावित युवालाई कृषिमा अभिप्रेरित गर्दै स्वरोजगार बनाउने लक्ष्य लिएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ युवालाई कृषिमा आकर्षण गराउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रकोपबाट सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उहाँले बताउनुभयो । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबाली पकेट क्षेत्रको रूपमा घोषणा गर्ने गाउँपालिकाको तयारी छ ।

मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने कुँवरले बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने उहाँले बताउनुभयो ।

“कृषिको आधुनिकीकरणका लागि यान्त्रिक हलो, प्लाष्टिक टनेल र सिँचाइ पाइपका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “फलफूल तथा नगदे बालीका लागि सर्वसाधारणलाई प्रोत्साहित गर्न सुन्तला र कागतीका बिरुवामा ५० प्रतिशत अनुदान दिएका छौँ भने अलैँचीका बिरुवामा ७५ प्रतिशत अनुदान दिएका छौँ ।”

गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषिउपजलाई बजारीकरणका गर्न ढिकुरपोखरी र नयाँपुलमा कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो । ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाको लागि प्रदेशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अघि बढाउने गाउँपालिकाको तयारी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा