१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

११ श्रावण २०७७, आईतवार ०२:३७

साउन ११, भैरहवा | राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर भइराख्यो। हालसम्म विमानस्थलको काम ९१ प्रतिशत सकिएको छ।

आयोजना प्रमुख प्रवेश अधिकारीले भने, 'लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम रोकेनौँ' लकडाउनमा विमानस्थलमा ८० जना कामदार थिए । खुकुलो भएपछि कामदार बढाएर अहिले करिब तीन सय पुर्याइएको छ। काम धमाधम भइरहेको छ ।

बिदामा चीन (स्वदेश) गएका दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा असर परेको छ । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै छन् ।

संक्रमणका कारण चीनबाट जनशक्ति र अन्तिम चरणमा जडान गरिने आवश्यक उपकरण आउन नसक्दा आयोजना समयमा सम्पन्न हुन नसकेको आयोजना प्रमुख अधिकारीको भनाइ छ। 


विमानस्थलमा अहिले कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ टायल्स विछ्याउने, उपकरण जडान, विद्युतीकरण काम जारी छ। यस्तै धावनमार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ । फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ।

आयोजनाका अनुसार धावनमार्गको वरिपरि पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको छ। योसँगै विमानस्थलमा जडान गर्नुपर्ने उपकरण तेस्रो मुलुकबाट आयात गर्नु पर्ने भएकाले उडान नहुँदा रोकिएको छ। तर, अब बाह्य उडान हुने सरकारको घोषणासँगै उपकरण र दक्ष जनशक्ति आउने भएका छन्। यससँगै रोकिन पुगेका केही काम भने धमाधम सुरु हुनेछन्। 

- यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा  सलमान खानले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी