२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

२०७७, ११ श्रावण आईतवार ०२:३७

साउन ११, भैरहवा | राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर भइराख्यो। हालसम्म विमानस्थलको काम ९१ प्रतिशत सकिएको छ।

आयोजना प्रमुख प्रवेश अधिकारीले भने, 'लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम रोकेनौँ' लकडाउनमा विमानस्थलमा ८० जना कामदार थिए । खुकुलो भएपछि कामदार बढाएर अहिले करिब तीन सय पुर्याइएको छ। काम धमाधम भइरहेको छ ।

बिदामा चीन (स्वदेश) गएका दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा असर परेको छ । विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै छन् ।

संक्रमणका कारण चीनबाट जनशक्ति र अन्तिम चरणमा जडान गरिने आवश्यक उपकरण आउन नसक्दा आयोजना समयमा सम्पन्न हुन नसकेको आयोजना प्रमुख अधिकारीको भनाइ छ। 


विमानस्थलमा अहिले कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ टायल्स विछ्याउने, उपकरण जडान, विद्युतीकरण काम जारी छ। यस्तै धावनमार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ । फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ।

आयोजनाका अनुसार धावनमार्गको वरिपरि पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको छ। योसँगै विमानस्थलमा जडान गर्नुपर्ने उपकरण तेस्रो मुलुकबाट आयात गर्नु पर्ने भएकाले उडान नहुँदा रोकिएको छ। तर, अब बाह्य उडान हुने सरकारको घोषणासँगै उपकरण र दक्ष जनशक्ति आउने भएका छन्। यससँगै रोकिन पुगेका केही काम भने धमाधम सुरु हुनेछन्। 

- यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा  सलमान खानले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो