४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

११ श्रावण २०७७, आईतवार ०७:३०

साउन ११, लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई नसक्दा करिब एक हप्तासम्म सडक सञ्चालनमा आउन नसकेको हो ।  

साउन ४ गते ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिकाको खरखरे भीर, पुवाखोला, मस्र्याङ्दी गाउँपालिकाको रामबजार, घोप्टेभीर, स्यागे, च्याम्चे, म्यादीलगायतका स्थानमा गएको पहिराले सडक अवरुद्ध बनाएकोमध्ये च्याम्चे र म्यादीको पहिरो हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका सव इञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो ।

यस स्थानका विभिन्न पहिरो हटाइसकेको र सो दुई स्थानका पहिरो एक/दुई दिनमा हटाइसक्ने र सवारी साधन सञ्चालन हुने उहाँको भनाइ छ । “ठूलाठूला पहिरो गएकाले एक्साभेटरले पहिरो हटाउनका लागि समय लागिरहेको छ ।” बेलाबेला अविरल वर्षा भइरहँदा पहिरा हटाइसकेको स्थानमा पनि पुनः पहिरा जाँदा सडक अवरुद्ध भइरहेकाले सडक सञ्चालनमा थप समस्या उत्पन्न भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

लमजुङबाट मनाङ जाने र त्यहाँबाट यता आउने पैदल यात्रु तथा स्थानीयहरु जोखिम मोलेर हिड्डुल गर्न बाध्य भएका छन् । यस सडकमा वर्षेनी वर्षायाममा सडक अवरुद्ध हुँदा विभिन्न समस्या पैदा हुँदै आएको छ । विसं २०६९ बाट सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटक पटक सवारीसाधन अवरुद्ध हुँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ