२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी नियम उल्लङ्घन : राजस्व कम सङ्कलन

११ श्रावण २०७७, आईतवार ०७:५१

साउन ११, विराटनगर। भूमिसुधार तथा मालपोत कार्यालय मोरङले  आर्थिक वर्ष २०७६÷७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले आव २०७५/७६ मा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजस्व सङ्कलन गरेको थियो । तुलानात्मकरुपमा अघिल्लो आवभन्दा गएको आवमा रु चार करोड ८१ लाख ६२ हजार ६३२ ले कम राजस्व सङ्कलन भएको लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्कलित राजस्वमा घर जग्गा रजिष्ट्रेशन, बैंक दृष्टि, रोक्कालगायतबाट रु ४६ करोड ३३ लाख ७४ हजार नौ, पूर्जा बिक्रीतर्फ रु दुई लाख २४ हजार २५०, बेरुजु दाखिलातर्फ रु पाँच लाख ४५ हजार ५१६, पूँजिगत लाभकार रु २० करोड ९७ लाख चार हजार ६३३, न्यायिक दस्तुर रु चार लाख ८९ हजार ४५७ र अन्यबाट रु दुई लाख २० हजार १३ रहेको छ ।

कोरोनाको महामारीका कारण नेपाल सरकारले गएको चैत ११ गते घोषणा गरेको बन्दाबन्दीले धेरै समयसम्म कार्यालयमा सेवाग्राही नआएकाले मालपोत कार्यालयबाट प्राप्त हुने राजस्वमा पनि असर परेको अधिकृत श्रेष्ठले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आव २०७६/७७ मा रु तीन करोड १९ लाख ९५ हजार ५०० राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । यी राजस्व सवारी नियम उल्लङ्घन गरेका कारण कारवाहीस्वरुप ट्राफिक प्रहरीले असुल गरेको छ ।

कारवाहीमा परेका १० हजार ७७० ट्रकबाट रु ६३ लाख ६६ हजार, तीन हजार ९१ बसबाट रु २२ लाख २९ हजार, जीप/कारबाट १० हजार १७२ बाट रु ५७ लाख १८ हजार, छ हजार ५१ ट्रयाक्टरबाट रु ३७ लाख नौ हजार तथा मोटरसाइकल १९ हजार ३०४ थानबाट रु एक करोड १५ लाख ८६ हजार ५०० छन् ।

 मादक पदार्थ सेवन गरी सवारीसाधन गुडाउँदा दुई हजार १६५ जना, नो पार्किङ स्थानमा सवारीसाधन पार्किङ गर्दा एक हजार १६१ जनासहित तीन हजार ९२१ जना कारवाही रु २३ लाख ८७ हजार जरिवाना असुल गरेको ट्राफिक प्रहरी निरीक्षक राकेश पोद्दारले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य