९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यूएन शान्ति मिसनको लागि नेपाल वायु सेवा निगमको उडान

१५ श्रावण २०७७, बिहीबार ०६:५५

साउन १५, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सैनिक लगेको थियो । 

निगमको वाइड बडी ए ३३० जहाजले ओमनको मस्कट हुँदै जुबा उडान गरेको हो । जुबाटबाट बन्दाबन्दीले रोकिएका नेपाली सेनाका २५० अधिकारी बुधबार राति काठमाडौँ फर्किएको निगमले जनाएको छ । निगमले यसअघि गत असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सैनिकलाई लैजान अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

आज अन्तर्राष्ट्रियतर्फ छ उडान हुँदैछन् । दक्षिण कोरियाबाट कोरियन एयरले काठमाडौँमा चार्टर्ड उडान गर्नेछ भने हङकङबाट क्याथे ड्रागन र इनचानबाट एशियन एयरको जहाज काठमाडौँ आउनेछ । आजै हिमालय एयरलाइन्सको जहाज कुनमिङमा एक र कुवेतमा दुई उडान हुने विमानस्थल कार्यालयले जनाएको छ ।

बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल