९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलामका होटेल खुले तर खुलेनन् घरवास

१६ श्रावण २०७७, शुक्रबार ०४:५२

किरण पौड्याल । साउन १६, इलाम । करिव चार महिनापछि सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होटल र कटेज खुल्न थालेका छन् । पछिल्लो समय पर्यटकको आकर्षण बनेको घरवास (होमस्टे) भने यो महिनाभर नखुल्ने भएका हुन् ।

कोरोनाको त्रास रहे पनि व्यवसाय संकटमा परेपछि सामान्यीकरणका लागि होटल र कटेज खुल्न थालेका हुन् । कोरोना जोखिम हुन नदिन आवश्यक शर्तहरू पूरा गर्नुपर्ने नियम राखिएको छ । श्रीअन्तु होमस्टे व्यवसायी सङ्घका सचिव रुद्र घिमिरेले भन्नुभयो, “हामीले केन्द्रको निर्देशन मान्दै होटल खोलेका हौँ, तर एक होटल÷कटेजमा एक दिनमा एक जना मात्र पाहुना राख्नुपर्ने शर्त छ ।” यसका स्थानीय व्यक्तिलाई मात्र बस्ने दिने नियम बनाइएको छ । शङ्कास्पद र टाढाको व्यक्ति राख्न नमिल्ने नियम बनाइएको उहाँले बताउनुभयो ।

व्यवसाय नै ठप्प भएर आर्थिक स्थिति नाजुक बनेपछि खोल्नुपर्ने बाध्यता आइलागेको उहाँको भनाइ छ । तर होटल र कटेजमा पाहुनालाई स्यानिटाइजर दिने, ज्वरो मापन गर्नुपर्ने नियम राखिएको छ । उहाँले भन्नुभयो “हामीले होटल÷कटेज खोल्यौ भन्ने सन्देश मात्र दिएका हौँ ।” होटल र कटेज खुले पनि अन्तुका होमस्टे भने साउनभर नखुल्ने भएका छन् । होमस्टे एशोसिएसन नेपालले खुनाउन अनुरोध गरे पनि कोरोनाको जोखिमले होमस्टे नखुलेका हुन् ।

होमस्टे खुल्नेबित्तिकै ठूलो सङ्ख्यामा पर्यटक आउन सक्ने भएकाले होमस्टे १५ दिनपछि मात्र खुल्ने जनाइएको छ । श्रीअन्तुडाँडा सामुदायिक होमस्टे अन्तुका अध्यक्ष धनबहादुर आलेका अनुसार आगामी भदौ १ गतेबाट मात्र होमस्टे खुलाउने निर्णय भएको छ । 

 सूर्योदय नगरपालिकास्थित अन्तु, समालबुङ क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा बढी होटल÷कटेज छन् । अन्तुडाडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता